समयमा काम नगर्ने ठेकेदार कम्पनीमाथि कडा कारबाही गर्न निर्देशन
काठमाडौं–संसदीय समितिले तोकिएकै समयमा विकास निर्माणको काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीमाथि कडा कार्वाही गर्न सरकारलाई निर्देशन दिएको छ ।
संघीय संसद प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काले तोकिएकै समयमा गुणस्तरीय काम नगर्ने ठेकेदार कम्पनीलाई कडा कार्वाही गर्न सरकारलाई निर्देशन दिएकी हुन् ।
बुधबार सिंहदरबारमा पत्रकारहरुसँग अन्तरक्रिया गर्दै उनले क्षमता नभएका कम्पनीलाई निर्माणको कामको जिम्मा नदिन पनि सरकारलाई सचेत गराइन् ।
सभापति खड्काले विवादमा तानिएको पप्पु कन्सट्रक्सन कम्पनीलाई ठेक्का दिने काम गरेकोमा पनि असन्तुष्टि व्यक्त गरिन् ।
समितिकी सभापति खड्काले राष्ट्रिय गौरवको आयोजना निर्माणको काममा तीव्रता दिन ढिलाई नगर्न पनि सरकारसँग आग्रह गरिन् ।
उनले विकास निर्माणको कामलाई अघि बढाउन आवश्यक कानुनको व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराइन् ।
सभापति खड्काले विकास निर्माणको कामलाई प्रभावकारी बनाउन आवश्यक सुझाव दिन संचारकर्मीहरुलाई पनि आग्रह गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको सहयोगमा दार्चुलामा बन्न लागेको विद्यालय भवनको शिलान्यास
-
जीबी राई समूहद्वारा स्वर्णलक्ष्मीका बचतकर्ताको २ अर्ब ७४ करोड भन्दा बढी रकम अपचलन
-
छोटुलालले फिर्ता गरे बाटोमा भेट्टाएको १७ लाख रुपैयाँ
-
विमानको सिटमा बेवारिसे अवस्थामा एक किलो सुन फेला
-
एथलेटिक्समा एकैदिन ३ कीर्तिमान बन्दा आशिषले ३६ वर्षअघिको कीर्तिमान तोडे
-
सप्रिम सहकारी प्रकरण : थुनछेक बहस जारी, आदेश शुक्रबार आउने