शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रुकुममा २४ वडा कार्यालय सचिवविहिन, कामकाज प्रभावित

बुधबार, २४ असोज २०७५, १५ : ००
बुधबार, २४ असोज २०७५

रुकुम पूर्व– रुकुम पूर्वका तीन गाउँपालिकाका अधिकांश वडामा सचिव नहुँदा दैनिक कामकाज गर्न गाह्रो भएको छ । गाउँपालिकाका ३१ वटा वडामध्ये सात वडामा मात्र वडासचिव छन् । 

कतिपय वडामा भने प्रशासन सहायक र कार्यालय सहयोगीले वडा सचिवको काम गरिरहेको सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले जानकारी दिइन् । 

भूमे गाउँपालिकामा नौ वडामध्ये तीन मात्र वडासचिव छन् भने अन्य वडामा प्रशासन सहायकले काम गरिरहेको भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले जानकारी दीए । 

पुथा उत्तरगङ्गा गाउँपालिकामा १४ वडामध्ये १४ वडाका सचिवले १० र ११ नं वडामा काम गरिरहेका छन् । अन्य वडामा भने स्वास्थ्यचौकी इञ्चार्जले काम चलाइरहेका छन् । वडा सचिव नहुँदा सेवाग्राही दुई÷तीन हिँडेर पनि काम नभई फर्कनुपर्ने स्थिति रहेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप