बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यौन दुर्व्यवहारको आरोप लागेका प्रशान्त झा पत्रिकाको व्यवस्थापकीय जिम्मेबारीबाट मुक्त

बुधबार, २४ असोज २०७५, १३ : ५४
बुधबार, २४ असोज २०७५

एजेन्सी – खराब यौन आचरणको आरोप लागेका भारतमा कार्यरत नेपाली पत्रकार प्रशान्त झाले तत्कालबाट लागू हुने गरी हिन्दुस्तान टाइम्सको ब्यूरो प्रमुख र राजनीतिक सम्पादनबाट राजीनामा दिएका छन् । 
झाको आचरणमा वकिल रहेकी अभन्तिका मेहताले प्रश्न गरेकी थिइन् । मेहता केही वर्ष अघि हिन्दूस्तान टाइम्समा झाको सहकर्मी हुन् । मेहताले कही दिन अघि आफूलाई झाले अनुपयुक्त म्यासेज पठाएको आरोप लगाएकी थिइन् । 

ह्वाटएपमा च्याट गर्ने क्रममा झाले मेहतालाई आफूलाई उक्त म्यासेजहरु पठाइएको आरोप लगाएकी छिन् । मेहताले प्रमाणका लागि आफू र झाबीचको ह्वाटएप सम्बादको स्क्रृनसर्टहरु ट्विट गरेकी थिइन् । 

स्रोतका अनुसार हिन्दूस्तान टाइम्सका प्रधानसम्पादक रगंनाथन सुकुमारले अर्को व्यवस्था नभएसम्मको लागि झाको व्युरो प्रमुखको जिम्मेबारी सम्हाल्नेछन् । 

रगंनाथनलाई पठाएको मेलमा झाले लेखेको छन्, ‘हालै म र मेरो व्यक्तिगत आचरणलाई तोकेरै आरोपहरु आएका छन् । यसले मेरो आचरणमाथि नैतिक प्रश्न उठाएको छ । यो अवस्थामा हिन्दूस्तान टाइम्सको व्युरो प्रमुख तथा राष्ट्रिय राजनीतिक सम्पादकको आफ्नो पदबाट राजीनामा दिनु सबैभन्दा उपयुक्त हुन्छ भन्ने म विश्वास गर्छु ।’

स्रोतका अनुसार व्यवस्थापनले दिएको दवाबका कारण झाले राजीनामा दिएका हुन् । उनी व्यवस्थापकीय भूमिकाबाट अलग भए पनि पत्रिकामा रिपोर्टरका रुपमा भने कायम रहनेछन् ।

‘ब्याटल्स अफ द न्यू रिपब्लिक’ र ‘हाउ द बीजेपी विन्स’ दुई पुस्तकका लेखक झा पछिल्लो समय यौन दुर्व्यवहारको आरोप लागेर कारबाही परेको भारतका सबैभन्दा उच्च पदमा रहेका पत्रकार हुन् । 

कार्यक्षेत्रमा महिलाहरुमाथि हुने यौनिक दुरव्यवहारको विरोधमा अमेरिकाबाट शुरु भएको ‘मु टु अभियान’ पछिल्लो समय भारतमा आइपुगेको छ । योसँगै त्यहाँ एक पछि अर्को ठूलो पदमा रहेको पुरुषहरुलाई यौन दुरव्यवहारको आरोप लागिरहेको छ ।

बलिउडकी पूर्व अभिनेत्री तनुश्री दत्ताले वरिष्ठ अभिनेता नानापाटेगरले सन् २००८ मा सँगै फिल्ममा काम गर्ने क्रममा आफूमाथि यौन दुरव्यवहार गरेपछि आफू फिल्म उद्योगबाट बाहिरिनुपरेको आरोप लगाएपछि भारतमा यो अभियान शुरु गरेको मानिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप