शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौंका प्रमुख स्थानहरुमा यात्रु सहायता कक्ष

बुधबार, २४ असोज २०७५, १३ : १८
बुधबार, २४ असोज २०७५

काठमाडौं । यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी, नेपाल प्रहरी, नाडा र सिप्रदीद्वारा यात्रुहरुलाई उत्कृष्ट सेवा प्रदान गर्न सेवा शुरु गरेका छन् । सिप्रदीद्वारा काठमाडौं महानगरीय ट्राफिक प्रहरी प्रभाग र नाडासँगको सहकार्यमा काठमाडौं उपत्यकाका विभिन्न १४ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।

चाडपर्वका लागि टिकट बुकिङसँगै, नागढुंगा, कलंकी, हलचोक, नयाँ बसपार्क, पुरानो बसपार्क, सुन्धारा, चावहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोवाटो, बल्खु, दक्षिणकाली र बानेश्वरमा यात्रु सहायता कक्ष शुरु भएको छ । 

दशैं मनाउनका लागि करीव ३० लाख मानिसले घर जानका लागि उपत्यका छाड्ने अनुमान गरिएको छ । यातायातको उच्च मागका कारण यात्रुहरुले टिकट बुकिङका क्रममा विभिन्न खालका समस्याहरु भोग्नुपरेका उपभोक्ता संघ तथा महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाए ।

उनीहरुले धेरैजसो महंगो टिकट मूल्य, टिकट नपाउने र बस चढ्ने बेलामा समस्या भोग्नुपर्ने जस्ता गुनासो गर्दै आइरहेका थिए । साथै, एउटै सिटको टिकट धेरैलाई विक्रि गर्ने र बसका कर्मचारीबाट अनुचित व्यवहार भोग्नुपर्ने जस्ता समस्या विगतमा दर्ता गरिएका थिए ।

त्यसैले, यस्ता अप्रिय अवस्था रोक्न, यात्रु सहायता कक्ष शहरका विभिन्न स्थानहरुमा स्थापना गरिएका छन् । यी यात्रु सहायता कक्षहरुले निश्चित टिकट दरको बारेमा जानकारी उपलब्ध गराउने र गुनासो सुन्ने गरेका छन् । साथै, यी यात्रु सहायता कक्षहरुले उपत्यकाभित्रका स्थानीय यातायात र ट्याक्सी सेवाको निरिक्षण पनि गर्ने गरेका छन् । 

हरेक यात्रु सहायता कक्षमा महानगरीय ट्राफिक प्रहरी प्रभाग, यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, वाणिज्य विभाग, उपभोक्ता समूहका प्रतिनिधीहरु रहन्छन् । यी सहायता कक्षहरुमा दूरीसहित टिकटको मूल्य पनि राखिएको छ । 

सडक सुरक्षालाई प्रमुख चिन्तामा राख्दै सिप्रदी हरेक वर्ष यो अभियानमा सहभागी हुने गरेको छ । ३७ वर्षभन्दा लामो काम र प्रतिवद्धतासँगै, वास्तविक फरक सिर्जना गर्नका लागि सिप्रदी अटोमोटिभ र अलाइड व्यापारमा एक प्रमुख खेलाडी हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप