शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कतार एयरवेजबाट २४ नयाँ गन्तव्यहरुको उद्घाटनः कतार एयरवेजका सिइओ बकेर

बुधबार, २४ असोज २०७५, १३ : १४
बुधबार, २४ असोज २०७५

कतार - कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकेरले कतार एयरवेजले आफ्नो वृद्धि तथा विस्तार योजनालाई निरन्तरता दिइरहेको बताएका छन् ।

उनले २४ नयाँ गन्तव्यहरुको उद्घाटन गर्न सफल भएको भन्दै यससँगै दैनिक उडान सङ्ख्यामा वृद्धि तथा हालका अधिक उडान मार्गहरुमा विमानको आकारलाई अपग्रेड गरिरहेको बताए ।

दोहा प्रदर्शनी तथा सम्मेलन केन्द्रमा आयोजना भएको अन्तर्राष्ट्रिय उत्पादन प्रदर्शनी र सम्मेलन (आईपिईसि) २०१८ को पहिलो दिनमा सरकारी, आर्थिक तथा औद्योगिक क्षेत्रका अग्रणीहरुलाई सम्बोधन गर्दै उनले यात्रुहरुका लागि उडान सेवालाई निरन्तर रुपमा सुधार्ने प्रतिबद्धता व्यक्त गरे ।

कतार राज्यका प्रधान मन्त्री तथा आन्तरिक मामिला मन्त्री सम्माननीय शेख अब्दुल्लाह बिन नासेर बिन खलिफा अल थानीको सहायतामा आयोजित उक्त कार्यक्रमको पहिलो दिनमा कतार सरकारका मन्त्री तथा उच्च पदाधिकारी, सिईओ तथा लगानीकर्ताहरुको उपस्थिति रहेको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप