शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भारतको उत्तरप्रदेशमा रेल दुर्घटना, ६ जनाको मृत्यु

बुधबार, २४ असोज २०७५, १२ : ५५
बुधबार, २४ असोज २०७५

नयाँ दिल्ली– भारतको उत्तर प्रदेश राज्यमा बुधबार एउटा रेल दुर्घटना हुँदा त्यसमा सवार ६ जनाको मृत्यु भएको छ ।  साथै अन्य ३० घाइते भएका समाचारमा जनाइएको छ । उत्तर प्रदेशका रेल सेवाका अधिकारीहरुले सो समाचारको पुष्टि गरेका छन्  । सो दुर्घटना रैबेरली जिल्लामा अवस्थित हार्चापुर रेल स्टेसनको नजिकै भएको बताइएको छ । 

न्यु फरक्का एक्सप्रेस रेल सेवाको एक रेलका आठओटा डिब्बा रेलमार्गबाट बाहिर निस्किएपछि दुर्घटना भएको थियो । त्यसमा परी ६ जनाको ज्यान गएको छ भने अरु ३० घाइते भएका छन् ।  उक्त रेल सेवाका अधिकारीहरुले रेल दुर्घटनाको कारण खोजी भइरहेको जानकारी दिएका छन् । 

उक्त रेल दुर्घटनापछि भएको क्षति र उद्धार कार्यका दृश्यहरु स्थानीय टेलिभिजनहरुले देखाएका छन् । उक्त रेल भारतको राजधानी नयाँ दिल्लीबाट पश्चिम बङ्गालको माल्दा शहरतर्फ जाँदै गरेको थियो । 
रेल सेवाका अधिकारीले उक्त रेलको दुर्घटनाको छानबिनको लागि एक समिति गठन गरिएको जानकारी दिएका छन् । –सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप