बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

डाक्टरले मृत घोषित गरेको आठ घण्टापछि अचानक ब्युँतिन् एक महिला

बुधबार, २४ असोज २०७५, १२ : २६
बुधबार, २४ असोज २०७५

एजेन्सी –गाउँका बुढापाकाहरुले मर्ने बेला यमदूत लिन आउने, आफूसँग मानिसहरु लगेको र फेरि उनीहरुलाई फिर्ता छाडिदिएको कथा सुन्नु भएको होला । यस्तै घटना भारतको गुरदासपुरको छिमेक इस्लामावादमा बिरोदेवीमा घटेको छ । यस घटनालाई देखेकाहरु यसबाट हैरान छन् । 

मृत घोषित गरिएकी बिरोदेवीको अन्तिम संस्कारको तयारी चलिरहेको थियो । परिवारजन विलाप गरिरहेका थिए । यहीबीच उनी उठेर बसेको हुन् । 
घटनापछि बिरोलाई राखिएको सिविल अस्पतालमा हेर्न उनलाई जाने मानिसहरुको भीड लागेको छ ।  

बिरोदेवी शुगरको बिमारी हुन् । अघिल्लो सोमबार राति अचानक उनको सास रोकियो । परिवारजनले त्यसपछि उनलाई गुरदासपुरको सिभिल अस्पताल लिएर गए । अस्पताल जानासाथ डाक्टरले उनलाई मृत घोषणा गरे । 

मृत्यु भएको बिरोदेवीलाई परिवारले घर फिर्ता लिएर आए । घर फर्काइसकेपछि परिवार अन्तिम संस्कारको तयारीमा लागे । आठ घण्टासम्म मृतकका नातेदारहरु आउने क्रम जारी रहेकाले लास उठाइएको थिएन ।  
आठ घण्टासम्म उनका आफन्तहरु उनको अनुहार अन्तिम पटक हेर्न आइरहेको थिए । यही क्रममा जब एक जना नातेदार महिलाले रुँदै आफ्नो हात केही जोडले बिरोदेवीको छातिमा राखिन् तब उनको सास चल्न थाल्यो । त्यसपछि बिरोदेवी उठेर बसिन् । त्यहाँ उपस्थित सबै मानिसहरु दंग परे । केही त आतकिंत भए ।

उठ्ना साथ बिरोदेवीले भनिन्,“मलाई गल्तीले लिएर गएका थिए । अर्को घरको महिलालाई लानु पर्ने मलाई लगेका छन्, म त स्वर्गको चक्कर लगाएर फर्किए । 

बिरोदेवीले दोहोराएर सास फेर्न थालेपछि उनलाई पुनः सिभिल अस्पताल लगियो । हाल पनि उनको त्यहाँ उपचार भइरहेको छ । महिला पुनः जिउँदै भएको खबरले उनको सहरमा सानो तिनो तरङ्गनै ल्याएको छ । मानिसहरु उनलाई हेर्न सिभिल अस्पताल आइरहेका छन् । 

बिरोदेवीको छोरी ज्योतिले बताए अनुसार सोमबार राती उनीहरुले आमालाई अस्पताल लिएर आएपछि डाक्टरले केही चेकअप गरे र बिरोलाई मृत घोषणा गरे । ज्योतिको भनाईमा उनको आमाको ईसीजीजस्तो कुनै टेस्ट गरिएन । 

सिभिल अस्पतालको हृदय रोग विशेषज्ञ डा. मनजिन्दर सिंह बब्बरका अनुसार ईसीजीको रिपोर्ट प्लेन नआएसम्म बिरामीहरुलाई मृत घोषित गर्न सकिँदैन । 

बिरोदेवी सुगरको बिरामी हुन् । उनी सिभिल अस्पतालमा पहिले पनि उपचारको लागि आइरहेकी थिइन् । त्यो दिन बिरोको शूगर लेबल एक्कास्सी कम भएर उनी बेहोस भएको हुन सक्छिन् । 

गुरदासपुरको सिभिल अस्पतालका सर्जन किशन चन्दले जिउँदो रहेकी महिलालाई मृत घोषित गरेको ममालामा एसएमओबाट जाँच हुने बताए । चन्दले यदी कोही डाक्टरबाट हेलचक्राई भएको पुष्टि भए कारबाही हुने बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप