बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दशैँलाई लक्षित गर्दै वर्षाले ‘पिरिम नलाउने’

बुधबार, २४ असोज २०७५, ११ : ४७
बुधबार, २४ असोज २०७५

कठमाडौं – दशैँलाई लक्षित गर्दै ‘पिरिम नलाउने’ बोलको गीत सार्वजनिक गरिएको छ । आशिष सचिन र मेलिना राइको स्वर रहेको गीतमा दीपक शर्माले संगीत दिएका छन् । 

‘छक्का पञ्जा ३’को पहिलो नम्बरमा गीत गरेका दिपकको यो गीत पनि फिल्मी शैलीमै छ । गीतमा शब्द पनि उनकै रहेको छ । दसैँको माहोल झालिकिने किसिमले तयार गरिएको गीतको भिडियोमा गायक आशिष सचिनसँगै अभिनेत्री बर्षा राउत देखिएकी छिन् ।

प्रेमिकाको गुनासो र प्रेमीको परिस्थितिलाई गीतमा चित्रण गरिएको छ । आरोही एल्बममा समावेश गीतको भिडियोलाई सञ्चारकर्मी समेत रहेका सुव्रत आचार्यले निर्देशन गरेका हुन् ।

पछिल्लो समय गीत ‘मनमगन’मार्फत चर्चामा आएका सुव्रतले यस गीतलाई पनि चलचित्र रुपमा तयार गरेका छन् । गीतमा सुव्रतलाई कन्सेप्ट क्रिएटरको रुपमा उनकै श्रीमती जया शर्माले साथ दिएकी छिन् ।
गम्भीर विष्टको कोरियोग्राफी रहेको गीतमा दसैँमा गाउँ फर्किएको परदेशीको मायालु सँगको भेटलाई दर्साइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप