बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेस काउन्सिलको डिजिटल संवाद शुरु

बुधबार, २४ असोज २०७५, ०९ : ४५
बुधबार, २४ असोज २०७५

नुवाकोट —  प्रविधिको विकासका कारण सञ्चारमाध्यमको बदलिदो स्वरुपमा आचारसंहिताको परिपालनासम्बन्धी छलफल चलाउन प्रेस काउन्सिल नेपालले मङ्गलबार विदुरमा ‘पत्रकार आचार संहितासम्बन्धी डिजिटल संवाद कार्यक्रम’ गरेको छ । 

काउन्सिलमा सदस्य गोपाल बुढाथोकीले नुवाकोटबाट शुरु भएको डिजिटल संवाद कार्यक्रमलाई क्रमशः देशैभरि लैजाने योजना रहेको बताए । 

कार्यक्रममा उठेका विभिन्न प्रश्नको जवाफ दिँदै सदस्य बुढाथोकीले पत्रकारिताको क्षेत्रमा धेरै परिवर्तन आएकाले अहिलेको डिजिटल युगको अवस्था र चुनौतीलाई समेटेर यो नुवाकोटबाट शुरुवात गरिएको बताए । 

उनले नयाँ संहिताको कारण पत्रकारिता गर्न नडराउन आग्रह गर्दै भने,
जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले सञ्चार जगत अहिलेको आवश्यकता भएकाले सञ्चार जगतमा क्रियाशीलले आफ्नो पेशागत कर्तव्य भुल्न नहुने बताए । उनले भने, “सत्य, तथ्य र निष्पक्षता नै पत्रकारको मुख्यमन्त्र हो । यसलाई पालना गरेर काम गर्दा समाजले पनि पत्रकारिता जगत्बाट लाभ लिनेछ ।” 

प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले समाजका अधिकारको मात्र पैरवी हुँदा कर्तव्यतर्फ भने बिचलित भइरहेकाले सञ्चार जगतले कर्र्तव्यतर्फ लाग्न प्रेरित गर्नुपर्ने बताए । उनले आचारसंहिता भनेको आफ्नो आचरणमा सुधार हो तथा आचरणमा रहेर काम गर्न बनाइएकाले यसले पेशालाई मर्यादित बनाउने बताए । 

विदुर नगरपालिकामा प्रमुख सञ्जु पण्डितले पत्रकारितामा सङ्लग्न केहीको कमजोरीले समग्र पेशालाई बदनाम गर्ने भएकाले नियमननिकाय सक्रिय हुनुपर्ने बताउनुभयो । उहाँले पत्रकारिता जगतले जनताको पक्षमा काम गर्न र कमीकमजोरी सुधारको लागि भूमिका खेल्ने बताए । 

नगरपालिकाका उपप्रमुख गीता दाहालले मिडियाले महिलाको क्षमताको सकारात्मक पक्षमा खबर प्रकाशन प्रसारणमा कमै प्राथमिकता दिने गरेको विचार व्यक्त गरे । उनले भने, “नारीको सौन्दर्यता, सेक्स, बलात्कार, नारीको रोगका मात्र धेरै मिडिया कभरेज भएको छ । महिला पनि सक्षम छन् भनेर पनि आउनु पर्छ ।” 

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य ईश्वरीप्रसाद ओझाले काउन्सिलले अहिले गरिरहेको विभिन्न कामका बारे जानकारी दिँदै १३०० को हाराहारी अनलाइन दर्ता भएकोले यसको अनुगमनलाई काउन्सिलले प्रभावकारी संयन्त्रको विकास गरिरहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप