शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

किम पोप फ्रान्सिसलाई उत्तर कोरियामा भेट्न इच्छुक

मङ्गलबार, २३ असोज २०७५, २१ : १७
मङ्गलबार, २३ असोज २०७५

सिओल । उत्तर कोरियाली नेता किम जोङ–अनले क्रिश्चियन धर्मगुरू पोप फ्रान्सिसलाई उत्तर कोरियामा स्वागत गर्न इच्छुक रहेको दक्षिण कोरियाले जनाएको छ । 

दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालयले मङ्गलबार जारी गरेको विज्ञप्तिमा नेता किम र दक्षिण कोरियाली राष्ट्रपतिबीच भएको वार्ताका क्रममा उत्तर कोरियाली नेताले क्रिश्चियन धर्मगुरू पोपलाई उत्तर कोरियामा स्वागत गर्न आफु उत्सुक रहेको बताएको जनाइएको छ । 

किम केही महिना यता उत्तर कोरियाली आणविक हतियारलाई व्यवस्थापन, कोरियाली प्रायद्वीपको सैन्य तनाव र आर्थिक नाकाबन्दी बिषयमा कुटनीतिक छलफललाई जारी राख्दै आएका छन् । 

यसै शिलशिलामा केही महिना पहिले उनी चीनको भ्रमण गरी चिनियाँ नेताहरूसँग छलफल गरेका थिए । 

चीनले उत्तर कोरियाली राजनीति तथा आर्थिक गतिविधिमा उल्लेख्य चासो राख्ने गर्दछ । उत्तर कोरियाले देशको प्रमुख आम्दानीको स्रोत कोइलालाई चीन तथा रूस आपूर्ति गर्ने गर्दछ । यद्यपि पछिल्लो समय यो क्रम राष्ट्रसङ्घको नाकावन्दीका कारण रोकिएको छ । 

उत्तर कोरियामा औपचारिक रूपमा कुनै धर्मको पक्षमा छैन । एक कम्युनिष्ट राष्ट्रभएकाले उसले कुनै पनि धर्मसम्बन्धि गतिविधि उसको आकर्षणका विषय होइनन् । अर्थात् धार्मिक गतिविधिमाथि कडा नियन्त्रण छ । 

हुनत यसपहिले सन् २००० मा भएको अन्तरकोरियाली शिखर सम्मेलनका क्रममा पनि किमका पिताले सोही प्रकारको निमन्त्रणा तत्कालिन पोप जोन पाउल द्वित्तीयलाई दिएका खबर सञ्चारमाध्यमले लेखेका थिए । तर त्यतिबेलाका पोप र तत्कालिन नेताबीच कुनै भेटवार्ता भएको थिएन । 

उत्तर कोरियाले क्याथोलिक धर्मगुरूलाई स्वीकार गरेको अवस्थामा मात्र पोपको भ्रमण हुनसक्ने भेटिकन अधिकारीले जनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप