बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

निकी हेलीद्वारा राजिनामा

मङ्गलबार, २३ असोज २०७५, २१ : ११
मङ्गलबार, २३ असोज २०७५

वासिङटन । संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत निकी हेलीद्वारा मङ्गलबार राजिनामा दिएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रिय सुरक्षा समूहबाट राजिनामा दिएकी हेली र ट्रम्पबीच स्थानीय समय अनुसार १०ः३० बजे राष्ट्रपतिको कार्यालय ओभल हाउसमा भेट हुने कार्यक्रम छ । 

यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत निकी हेलीको राजीनामाबारे केही नबताइकनै मेरो साथी निकी हेलीका विषयमा ठूलो घोषणा गर्न लागेको आफ्नो ट्वीटर पेजमा उल्लेख गरेका छन् । 

अमेरिकी सञ्चारमाध्यम सीएनएन, फक्स न्यूज तथा द न्यूयोर्क टाइम्समा राजिनामाबारे समाचार प्रशारण भएका छन् तर उनको राजिनामा आउनुको कारणबारे भने कसैले उल्लेख गरेका छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप