शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘न्युक्लियर मेडिसिन’ विषयमा विद्यावारिधि प्राप्त गर्ने गुप्ता पहिलो नेपाली

मङ्गलबार, २३ असोज २०७५, २१ : ००
मङ्गलबार, २३ असोज २०७५

इटहरी । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, रेडियोलोजी विभागमा कार्यरत अरुण गुप्ताले ‘न्युक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ’ विषयमा विद्यावारिधि प्राप्त गरेका छन् । 

सिओल नेशनल युनिभर्सिटी कोरियाबाट सो विषयमा विद्यावारिधि प्राप्त गर्ने उनी नेपालमै पहिलो व्यक्ति भएको प्रतिष्ठानले जनाएको छ । 

यो विषयमा विद्यावारिधि प्राप्त गर्ने आफू पहिलो नेपाली हुन पाएकोमा निक्कै गर्व महसुस भएको गुप्ताले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप