केन्द्रीय संस्करण

भू–राजनीतिक द्वन्द्वको जाँतोमा पिल्सिएका यी दुई अफ्रिकी मुलुकको इतिहास, हुनसक्छ नेपाललाई पाठ

person access_timeअसोज २३, २०७५ chat_bubble_outline0

यो प्रस्तुतिमा हामी दक्षिण–पश्चिम हिन्द महासागरको भू–राजनीतिको बारेमा केन्द्रित हुनेछौं । धेरैले ख्याल गर्नुभएको होला हिन्दुस्तानको नामबाटै हिन्दमहासागर रहेको हो । अंग्रेजीमा त झन् इण्डियन ओसियन भन्नुपर्छ । त्यो शब्दलाई पटक्कै मन नपराउनेहरुलाई पनि विकल्प छ, ‘अफ्रो बंगाल–ओसियन’ भन्ने । बंगालदेखि अफ्रिकासम्म फैलिएको त्यसो भनिएको हो । त्यो पनि कसै कसैले प्रयोग गर्छन् । 

आज म त्यो क्षेत्रको सबैभन्दा तल्लो स्थानबाट शुरु गर्छु । यसलाई दुई कालखण्डमा विभाजन गर्न सकिन्छ । यसलाई स्वेज नहर बन्नुअघि र पछि गरेर विभाजन गर्न सकिन्छ ।   स्वेज नहर बन्नुअघि यो क्षेत्रको महत्व अत्यन्त ठूलो थियो । युरोपका सबै जहाज दक्षिण अफ्रिकाको केप टाउन नजिक हुँदैं जानुपथ्र्यो । त्यो बेला इण्डोनेशिया, अथवा इण्डो–चाइना क्षेत्रमा जानको लागि पनि त्यही क्षेत्र हुँदैं जानुपथ्र्यो । यहाँसम्म कि खाडी क्षेत्रमा जानको लागि पनि त्यही क्षेत्रमा जानुपथ्र्यो । 

यो संसारकै सबैभन्दा महत्वपूर्ण सामुन्द्रिक यातायातको केन्द्र थियो ।  अब त्यो रुटबाट युरोपदेखि एसियासम्मको यात्रा निक्कै लामो हुने भएकाले जहाजहरुलाई ठाउँ ठाउँ रोक्न र रसदपानी हाल्नलाई पनि रोक्ने स्थान त चाहिन्थ्यो ।  

त्यसको लागि आवाद टापूहरु भए ठिक्कै छ, नभए त्यो बेलाका जल–पारवाहनमा बलिया रहेको पश्चिमा शक्तिहरु पोर्चुगल, नेदरल्याण्ड र बेलायतले मानिसहरु बसालेर त्यो रुटमा पर्ने टापूहरुलाई आवाद गराउन थाले ।  

यस कार्यमा शुरुमा सबैभन्दा ठूलो योगदान पोर्चुगलको रह्यो । उनीहरु सबैभन्दा पहिले यो क्षेत्रमा आएर माडागास्कार, कोमोरसदेखि मरिसस त्यी क्षेत्रका महत्वपूर्ण बिन्दुहरु पत्ता लगाए । अझ कोमोरस र सिसेल्समा त पहिले मान्छेनै थिएनन् । ती ठाउँमा जहाजहरुलाई अन्धकारमा बाटो देखाउने, लाइटहाउसहरु बनाउने, रसदपानीहरु लोड गर्ने हिसाबले आवाद गर्दै लगे । 

जलपारवाहनमा अत्यन्त महत्वपूर्ण भएकाले पहिले पोर्चुगालीहरु त्यसपछि डचहरु आए । यो क्षेत्रका सामरिक विन्दूहरु अधिनमा लिए । पछि फ्रेन्चहरु आएर उनीहरुलाई लखेटे । फ्रेन्सहरुलाई पछि ब्रिटिशहरुले लखेटे । 

यो क्रममा इतिहासमा जल–पारवाहन पत्ता लगाउने महत्वपूर्ण कामहरु भए ।  अब यसको सबैभन्दा पहिलो विन्दू माडागास्करबाट शुरु गर्छु ।

माडागास्कर
माडागास्कर अफ्रिकाको दक्षिण–पूर्व क्षेत्रमा रहेको छ । त्यसको जनसंख्या नेपालको जनसंख्या बराबर रहेको छ । सामरिक हिसाबले माडागास्कर अत्यन्त महत्वपूर्ण क्षेत्रमा रहेको छ ।  पहिले त्यहाँ इण्डोनिशियन, मलेशियनहरु पुगे । अब छेउमानै रहेकाले अफ्रिकनहरु पनि आउनेनै भए ।

यसले त्यहाँको मानिसहरु नै छासमिसे भए । यही कारणले त्यहाँ एउटै नश्लका मान्छेहरु नै छैनन् । जसरी अन्य अफ्रिकी मुलुकहरुमा विभिन्न इथ्निक समुहहरु भए पनि एउटै नश्लको मानिसहरु बस्छन्, त्यस्तो माडागास्करमा छैन । माडागास्करमा भने कोही मानिसहरु इण्डोनेशियाली जस्तो देखिन्छन्, कोही मान्छे गोरा जस्तो देखिन्छन्, अनि कोहीचाहि भारतीय छन् ।

बाहिरका मानिसहरु जानुअघि त्यहाँ आदीवासीहरु पनि थिए तर राजनीतिक रुपमा बलियो नभएकाले त्यहाँ उनीहरुको त्यस्तो आफ्नो कुनै कुरा लागू भएन । उनीहरु कबिलाको रुपमा बसेका थिए । त्यही कारणले पहिले सन् १८८३ मा फ्रेन्सहरुले कब्जा गरे । पछि फ्रान्सलाई हराएर ब्रिटिशहरुले कब्जा गरे । पछि त्यहाँ ब्रिटिशहरुको प्रभाव रह्यो ।  

यो निक्कै महत्वपूर्ण स्थानमा थियो । पछि स्वेज नहर बनिसक्दा पनि यसको महत्व कम भएन । किनकि स्वेज नहरबाट त हिन्द महासागरको माथिल्लो भागबाट आएका जहाजहरुमात्र जान्थे तर अर्जेन्टिना अथवा अष्ट्रेलिया दक्षिण अफ्रिकाको तल्लो स्थानहरुबाट जहाजको आवागमनको लागि त अहिले पनि त्यही महत्वपूर्ण छन् ।  

त्यसकारण ब्रिटिशहरुले पछिसम्म पनि त्यसलाई आफ्नो कब्जामा राखिरहेका थिए ।  माडागास्कर जब स्वतन्त्र भयो यसको दुःख जारी नै रह्यो । स्वतन्त्र भए पछि पनि शुरुमा त उनीहरुकै शासन रह्यो । अलिकति लोकतान्त्रिक शासन पनि थियो । अब यो ठाँउमा तत्कालिन विश्वको प्रतिध्रुब सोभियत संघलाई आफ्नो स्थान चाहियो । 

आफ्नो आन्तरिक देशभित्र जस्तोसुकै प्रणाली होस् तर बाहिर त प्रभाव फैलाउन हरेकलाई स्थान चाहिन्छ ।  सोभियत संघको एक खास शैली थियो जुन ठाँउ आफ्नो बनाउनुपर्यो त्यहाँको शासन शैलीनै आफ्नो जस्तो बनाउने । यसका लागि ऊ त्यी ठाँउमा पहिलेदेखि रहेको शक्तिहरुलाई प्रयोग गर्ने गथ्र्यो ।

अहिले सोभियत संघजस्तो प्रतिध्रुवको ठाँउ लिन उदाइरहेको चीनको भने त्यस्तो छैन । उसलाई आफूले प्रभाव पार्ने देशमा कस्तो राजनीतिक प्रणाली छ त्यसको मतलब हुँदैन ।  सोभियत नेता ब्रेझनेभको पालामा सेनालाई उकासेर सोभियत संघले माडागास्करमा ‘कू’ गरायो । अनि त्यहाँ सेनाकै मान्छेलाई बर्दी उतार्न लगाएर समाजवादी बनाएर एकल पार्टी प्रणाली स्थापना भयो । 

त्यो भएपछि त अरुले त मानेनन् । दोस्रो विश्वयुद्धपछि एक स्थानमा आएका अमेरिका, ब्रिटिश र फ्रान्सले मान्ने कुरा भएन । त्यसपछि तिनको शक्तिको छिनाछप्टीमा माडागास्करले धेरै दुःख पायो ।

सोभियत संघ ढलेपछि लगभग सँगसँगै ‘९२ तिर त्यहाँ पनि समाजवादी शासन गयो । बहुदलीय व्यवस्था आयो । तर पनि उसको दुःखको दिन गएन । तर अब निर्वाचनमा एउटा मान्छे फ्रान्सको हुन्छ, एउटा मान्छे ब्रिटिशको हुन्छ । 

त्यो स्थान भारतको लागि त्यतिनै महत्वपूर्ण भएपछि भारत पनि दंगलमा गयो । एउटा उमेद्वार भारतको हुन्छ अर्को बेलायतको अनि अर्को अर्कै देशको । मान्छे त त्यहीँका हुन् तर अरुका मुद्धा बोकेर राजनीतिमा लागिरहेका छन् । 

पछि राजधानी एन्तानानारिभोका मेयर जो युवा तथा उर्जावान पनि थिए मार्क राभालोमानाना जो युवा थिए, उर्जावान पनि थिए तिनलाई भारतको समर्थन गरेपछि तिनले जिते । यो सन् २००१ को कुरा हो । अब फेरि भारतको समर्थनमा बनेका राष्ट्रपति अमेरिका र पश्चिमा शक्तिलाई स्वकार्य भएन । 

सन् २००९ मा आएर सैनिक विद्रोह गराएर उनलाई पनि फालिदिए । अहिले भने पश्चिम परस्त व्यक्तिनै राष्ट्रपति छन् तर द्वन्दको अवस्थानै छ ।   रणनीतिक स्थानमा भएका राष्ट्रले आफूलाई म्यानेज गर्न नसक्दा के हुन्छ भन्ने उदारण यो हो । 

यस्तै अवस्था कोमोरसको पनि छ । त्यसको तल मेनेट भन्ने ठाँउ छ त्यो टापू अहिले पनि फ्रान्सको ओभरसिज भू–भाग हो । फ्रान्सले अझै छाडेको छैन । आफ्ना सेनाहरु राखिराखेकै छ ।  अहिले आएर तान्जानिया र मोजाम्बिकको अफसोर क्षेत्रमा भयंकर धेरै पेट्रोलियम पदार्थहरु भेटिएको छ । 

पुटिन त्यहाँ पुग्न सक्दो प्रयास गरिरहेका छन् । मसँग पहिलेनै धेरै छ र संसारको बाँकी भागमा रहेको भण्डार पनि अरुको हुनु भन्ने परेको देखिन्छ उनलाई ।  प्राकृतिक स्रोत र पारवाहनको लडाईं हो यो । नत्र त माडागास्कर प्राकृतिक स्रोत साधनयुक्त देश पनि होइन । 

मरिसस्
माडागास्करभन्दा केही मास्तिर मरिसस् छ । उसको केही पूर्वमा रहेको सानो टापूहरुको देश हो यो । अब यो क्षेत्रमा जहाजहरुको बहाब हेर्नुहुन्छ भने यसको दुईटा रुट अफ्रिकाको केप देख्नुभयो नि त्यो केपबाट आएको होस् कि उताबाट अष्ट्रेलियाबाट आएको होस् ।

दक्षिण अमेरिका वा दक्षिण अफ्रिकाकै जहाजहरु लालसागर तिर जानुपर्याे, पर्सियातिर जानुपर्यो अथवा भारतकै पश्चिमतिर समुन्द्रीतटमा आउनुपर्यो भने माडागास्कर र मोजाम्बिकबीच भएर जानुपर्छ ।  तर चीन जानुपर्यो, इण्डो–चीन जानुपर्यो इण्डोनेशिया जाने जापान जाने जहाजहरु चाँही माडागास्करको पूर्वतिरबाट जान्छ । मोरिसस भएर । 

मरिसस्को पनि कम कारुणिक कथा छैन । मरिसस् नजिक रियुनियन भन्ने टापू छ । त्यहाँ पाँच–दश लाख मानिसहरु बस्छन् । त्यसलाई फ्रान्सले कब्जा गरेको अहिलेसम्म स्वतन्त्रततानै दिएन । त्यहाँ पनि फ्रान्सको सेना छ, त्यति टाढा पेरिसबाट त्यो ८÷१० लाखको जनसंख्यालाई शासन गर्नुपर्ने, त्यो पनि त्यस्तो अपायक ठाउँमा केही थिएन ।  

मोरिसस्ले फेरि त्यो भू–भाग मागिरहेको पनि छ तर सामुन्द्री रुटमा पर्ने भएकाले फ्रान्सले छा्ेड्न मानेको छैन ।  मरिसस्को पनि के छ भने १६३८ देखि १७१० सम्म डचहरुले कब्जा गरे । डचहरुपछि फ्रेन्सहरु आए । उनीहरुले मरिसस अघिनै नजिकको रियुनियन टापूमा नियन्त्रण राखिसकेका थिए । डचले छाडेपछि उनीहरुले सन् १७१५ मा त्यहाँ पनि कब्जा गरे । 

फेरि १८१० मा ब्रिटिशहरुले फ्रेन्सहरुलाई लखेटेर त्यहाँ आफ्नो शासन कायम गरे । अरु कब्जा गरेको होइन, सामुन्द्रीक मार्ग कब्जा गरेको, अब स्रोत त त्यस्तो केही थिएन् । नत्र डचहरुले केही नदेखेर छोडेर गएको ठाउँ लडेर किन कब्जा गर्नु पथ्र्यो र ? 

दोस्रो विश्वयुद्धपछि विश्वभर स्वतन्त्रताको माग र आन्दोलन चल्न थाल्यो । त्यहाँको डेमोग्राफिक कस्तो छ भने लगभग लगभग ५०% हिन्दूहरु छन् । बाँकी क्रिश्चियन र मुसलमानहरु पनि भारतीयनै छन् । एक हिसाबले भारतीयहरुको बहुलता भएको देश हो । 

ब्रिटिशहरुले के चलाखी गरे भने मरिसस्लाई स्वतन्त्रता दिनुभन्दा तीन चार वर्षअघि १९६५ तिर होला त्यहाँबाट अलिकति मास्तिर पूर्वोत्तर क्षेत्रमा रहेको एक चागोज भन्ने द्विप समूहलाई कब्जा गरे । त्यो द्विप समूहलाई कब्जा गर्न ब्रिटिशहरुले यति ठूलो जातीय सफाया गरेकि त्यहाँको आदीवासी समुह त्यहाँबाट नै नामेट भए । एकजना पनि नरहने गरि भगाइयो । 

त्यसपछि त्यो द्विपलाई छुट्टै ब्रिटिश इण्डियन ओसियन टेरिटोरी भनेर घोषणा गरे । त्यसपछि त्यो भू–भाग अमेरिकीलाई भाडामा दियो बेलायतले । अमेरिकी सेना त्यहाँ बसेपछि मात्र ब्रिटेनले सन् १९६८ मा बल्ला मरिससलाई स्वतन्त्रता दियो । 

अब त स्वतन्त्र भयो भनेर त्यहाँको पहिलो प्रधानमन्त्री शिवसागर रामगुलामले धर पाइयो होला सोचेका थिए होलान् तर त्यहाँ पनि हिन्दू बहुसंख्यक भारतसमर्थक हुने अनि त्यसको विरुद्ध क्रिश्चियन र मुसलमानहरुलाई एक ठाँउ बनाएर दुःख दिएको दिअ‍ै गरे पश्चिमा शक्तिहरुले । 

अघि मैले माडागास्करमा मार्क भन्ने राष्ट्रपति भए छि भारतको न्याभेल स्टेशन त्यहाँ राखियो भने । त्यहाँ भारतीयहरुको न्याभेल स्टेशन गएपछि चित्त अमेरिकन र ब्रिटिशहरुलाई चित्त बुझेन । मार्कलाई लखेट्नुपर्ने कारण त्यही नै थियो । 

पछि मरिससमा पार्टी भित्रका मान्छेनै प्रयोग गरेर भारत परस्त प्रधानमन्त्रीलाई हटाउने तयारी भएको थियो । यो सन् १९८३ को कुरा हो ।  तत्कालिन प्रधानमन्त्री अनिरद्ध जगन्नाथले भारत आएर भारतकी प्रधानमन्त्री इन्दिरा गान्धीलाई ‘कू’ भए बचादिनु समेत भनेका थिए । 

त्यसपछि ‘कू’ को प्रयास गरिरहेका पल बेरेङगर हच्किए । त्यस पछिनै मरिससमा भारतको न्याभस स्टेशन बनेको हो । चीनको भन्दा भारतको ओभरसी न्याभल स्टेशन धेरै छन् । चीनको पछिल्लो समय जिब्बुटीमात्र हो । भारतले इन्दिरा गान्धीकै पालादेखि न्याभल स्टेशन बनाउन थालेको हो । 

त्यसपछि पनि अहिलेसम्म मरिससमा तानातानको अवस्था छ । भारतीयहरुले एकथरीलाई समर्थन गर्ने, पश्चिमाहरुले अरुलाई समर्थन गर्ने क्रम जारी छ ।

 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ