शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

शिक्षामा २५ वर्षे योजना

मङ्गलबार, २३ असोज २०७५, १९ : ५६
मङ्गलबार, २३ असोज २०७५

काठमाडौँ । राष्ट्रिय योजना आयोगले शिक्षाको २५ वर्षे योजना निर्माणका लागि सरोकारवालासँग छलफल थालेको छ । 

आयोगले आज सञ्चार मन्त्रालयमा आयोजना गरेको ‘शिक्षा क्षेत्रको दिर्घकालीन सोच’ विषयको अन्तक्र्रिया कार्यक्रममा शिक्षाविद्, विभिन्न विश्वविद्यालयमा कार्यरत प्राध्यापक, सरकारी अधिकारीलगायसँग छलफल गरेको हो । 

आयोगका उपाध्यक्ष उषा झाले शिक्षाको दिर्घकालीन योजना बनाउन सरोकारवाला सबै मिलेर लाग्नुपर्ने बताइन् । उनले भनिन्, ‘शिक्षामा रहेका समस्या हटाउँदै अबको बाटो तय गर्नुपर्छ ।’  

शिक्षाविद् मनप्रसाद वाग्लेले विश्वले गरेको प्रविधिका उपलब्धिको प्रयोग शिक्षामा हुनुपर्ने बताए । विद्यार्थीलाई इँटाको विश्वविद्यालयभन्दा पनि इन्टरनेटमार्फत पढाउनुपर्नेमा उनको जोड छ । उनले भने, ‘प्रविधिको प्रयोग गरेर जहाँ बस्यो त्यहीँ सिक्ने अहिलेको समयको माग हो ।’ 

काठमाडौँ विश्वविद्यालयमा कार्यरत प्रा. डा. प्रकाशचन्द्र भट्टराईले व्यावसायिक शिक्षाले युवाको विदेश पलायन कम गर्नसक्ने बताए । त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागमा कार्यरत प्रा. डा. प्रमोद भट्टले माध्यमिक तहमा सिकाइ उपलब्धि कमजोर भएको औँल्याए । 

काठमाडौँ विश्वविद्यालयमा कार्यरत प्रा. डा. सुरेश गौतमले शिक्षामा सरकारको लगानी कम हुँदै जानु दुभाग्यपूर्ण भएको भन्दै त्यसलाई बढाउनुपर्नेमा जोड दिए । शिक्षाविद् प्रा. डा. किशोर श्रेष्ठले देशभरमा रहेका बालविकास केन्द्रमा कार्यरतलाई एकीकृत तालीमको खाँचो रहेको औँल्याए । 

आयोगका कार्यक्रम निर्देशक तीर्थराज राईले प्रमुख राजनीतिक दलले राजनीतिक घोषणापत्रमा शिक्षा सुधारको योजना समेटेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप