बिजि मलमा सुरु भयो फ्यान्टास्टिक दशैं तिहार उपहार योजना
काठमाडौं । काठमाण्डौंको गोगंबुस्थित नयाँ बसपार्कमा रहेको बिजी मलले दशैं तिहार लक्षित उपहार योजना सुरु गरेको छ । ग्राहकलाई सुपथ मूल्यमा उपभोग्य वस्तु उपलब्ध गराउनका लागि सञ्चालन गरेको योजनामा हात खाली नजाने उपहार राखिएको छ ।
फ्यान्टास्टिक दशैं तिहार, हरेक दिन उपहार योजनाबाट सेवाग्राहीले कुनै न कुनै उपहार पाउने मलले जनाएको छ । चाडपर्वका बेला अधिकांशले सपिङ गर्ने भएकाले उनीहरुलाई कुनै न कुनै उपहारसहित सामान उपलब्ध गराउनका लागि उपहार योजना सुरु गरिएको मलका निर्देशक राजु गिरीले बताए ।
उपहार योजनामा सहभागी हुन ग्राहकले कम्तीमा एक हजार रुपैंयाको सामान खरिद गर्नु पर्नेछ । सामान खरिद गरेपछि ग्राहकले पाउने उपहार कुपनका आधारमा दैनिक, साप्ताहिक तथा बम्पर उपहारको घोषणा गरिने गिरीले जानकारी दिए ।
यो अफर अन्तरगत ग्राहकले दैनिक रुपमा स्मार्ट फोन, १ हजार रुपैंयाको नगद छुट, खाजा तथा अन्य उपहारहरु प्राप्त गर्नसक्ने छन् । त्यसैगरी, साप्ताहिक रुपमा ३२ ईञ्चको सिजि टेलिभिजन, सिजि वासिङ मेशिन, र सिजि साउण्ड बार पनि उपहारको रुपमा पाउन सक्छन ।
बम्पर उपहारका रुपमा ग्राहकमध्येबाट एक एक जनाले टिभिएसको अपाची मोटरसाइकल, टिभिएसकै जुपिटर स्कूटर तथा ४ रात ५ दिनको बैंकक ट्रिपको अवसर पाउने गिरीले बताए । गिरीका अनुसार उपहार योजना आगामी कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ ।
मलमा विभिन्न घरायसी, विद्युतीय सामग्री, मोबाइल शोरुम, लत्ताकपडा, श्रृंगार तथा सौन्दर्य सामाग्री, रेष्टुरेण्ट, सिनेमा हल, बैंकको कार्यालय, एटीएम लाउञ्ज लगायत ५ दर्जन बढी पसलहरु सञ्चालनमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक छ ?
-
क्रोएसियामा राजदूतावास स्थापनाको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र
-
एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ
-
तस्बिरमा हेर्नुहोस् पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)