शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मोवाइलको नयाँ गन्तव्य सिटिसि मोबाइल हब, ६० प्रतिशतसम्म छुट

मङ्गलबार, २३ असोज २०७५, १९ : १०
मङ्गलबार, २३ असोज २०७५

काठमाडौं । मोवाइल सम्बन्धि सबै सेवा एकै छाना मुनी दिने लक्ष्य सहित दशैंको पूर्वसन्ध्यामा राजधानीको सिटिसि मलमा नयाँ मोवाइल गन्तव्य सुरु हुने भएको छ ।

सुन्धारास्थित सिभिल ट्रेड सेन्टरको भुई तल्लामा बिहीबारदेखि सञ्चालनमा आउन लागेको सिटिसी मोबाइल हबले भारी छुट सहित मोबाइल मेला समेत सञ्चालन गर्ने भएको हो ।

मोवाइल किन्नेहरुका लागि नयाँ गन्तव्यका रुपमा लिइएको मोबाइल हबले दशंै धमाका सहित बजारमा उपस्थिती जनाउन लागेको हो । दशै धमाकामा मोवाइ खरिद गर्ने ग्राहकले अधिकतम ६० प्रतिशतसम्म छुट पाउनेछन । त्यसका साथै हरेक मोबाइलको खरिदमा हात खाली नजाने अफर पनि राखिएको छ ।  

सिटिसि मोबाइल हबमा सुन्य प्रतिशत किस्ताबन्दी तथा व्याजदरमा मोबाइल खरिद गर्न सकिन्छ । एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा दिने अफरका साथै मोबाइल सट्टापट्टा पनि गर्न सकिनेछ । 
मोबाइल हबमा बिश्व बजारका चल्तीका २० भन्दा बढी ब्राण्डका मोबाइल फोनहरु उपलब्ध छन् ।

एमआइ, आइफोेन, सामसङ, सोनी, जियोनी, ओप्पो, एचटिसी, जेडटिइ, हुवावे, कुलप्याड, लेनेभो, वान प्लस, नोकिया, कलर्श, मोटोरोला, जोप्पो, ओबिआइ लगायत ब्राण्डका टच एण्ड फिल काउन्टर समेत मोबाइल हबमा रहने सञ्चालक संगम राइले बताए । यसका अलावा विभिन्न ब्राण्डका ल्यापटपका लागि पनि सिटिसी मोबाइल हब उचित गन्तव्य हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप