बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नाकाबन्दीपछि पहिलो पटक बोले कतारका अमिर

शनिबार, ०७ साउन २०७४, ०९ : ०७
शनिबार, ०७ साउन २०७४


कतार कतारका अमीरले खाडी चार छिमेकी देशसँग विवादलाई वार्ता र संवादबाट हल गर्न आव्हान गरेका छन् । साउदी अरव, मिश्र, बहराइन र संयुक्त अरव इमिरेटका तर्फबाट आर्थिक नाकाबन्दीपछि कतारका अमीर तमीम बिन हमद अल थानीको यो पहिलो बयान हो । 
साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमानले कतारले चरमपन्थी समूहको समर्थन गरेको आरोप लगाउँदै कतारसँगको सम्बन्ध तोडेका थिए । 
कतारका अमीरले भनेका छन कि कतारलाई घेरावन्दी गरेपछि जनजीवन सामन्य रुपमा चलेको छ । उनले यो पनि भनेका छन कि कतार कुनै पनि बाहिरी दवावका कारण चरमपन्थीसँग लडेको छैन । 
यस भन्दा अगाडि अमेरिकी विदेश मन्त्री रैक्स टिलरसनले भनेका थिए कि जिहादी समूहको आर्थिक मद्धत रोक्ने सम्झौताको कतारको प्रयासमा अमेरिका सन्तुष्ट छ । 
अमेरिकाले खाडी देशमा पनि भनेको छ कि कतारको बहिस्कारमा नरम नीति अपाउनुस् । टिलरसनले नाकाबन्दीका कारण कतारी जनतामा चिन्ता थपिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप