शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

“डिजिटल परिर्वतन तर्फ पाईला उन्मुख” भन्ने मूल नाराका साथ पाटा नेपाल च्याप्टरको ४२औं वार्षिक साधारण सभा सम्पन्न

मङ्गलबार, २३ असोज २०७५, १९ : ०७
मङ्गलबार, २३ असोज २०७५

काठमाडौँ । प्यासिफिक एसिया ट्राभल एसोशियसन (पाटा) नेपाल च्याप्टरले “डिजिटल परिर्वतन तर्फ पाईला उन्मुख” मूल नाराका साथ ४२औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

समारोहमा संस्कृति, पयृटन तथा नगारिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पाटा नेपाल च्याप्टरद्वारा सफलतापूर्वक आयोजित हिमालयन ट्राभल मार्टको प्रसंशा गर्दै उक्त मार्टले नेपालको पर्यटन प्रवद्र्धन तथा पर्यटक आगमन वृद्धिमा उल्लेख्य  भूमिका निर्बाह गरेको बताए ।

उनले त्रिभुवन अन्तर्राट्रिय विमानस्थलको २२ घण्टा सञ्चालन तथा विभिन्न निकायबाट गरिएका सकारात्मक प्रयासहरुको फलस्वरुप पर्यटक आगमन वृद्धि उत्साहजनक रहेको बताए ।

संस्थाका अध्यक्ष सुनील शाक्यले राष्ट्रिय ध्वजावाहकको सुदृढिकरण, नयाँ एयर करिडोरको शुरुवात, आवश्यक पूर्वाधारको निर्माणसँगै नेपाललाई माइस डेस्टिनेसनको रुपमा स्थापित गर्न इन्टरनेश्नल कन्भेन्सन सेन्टरको तत्काल आवश्यकता रहेको औंल्याए ।

पाटाले पहिलो पटक पाटा नेपाल च्याप्टर अवार्ड फर लाईफटाइम अचिभमेन्टको सुरुवात गर्दै नेपाली पर्यटनमा योगदान पुर्याउने अग्रज पर्यटन व्यवसायी तथा पाटा नेपालका संस्थापक अध्यक्ष प्रभाकर समशेर राणालाई नेपालमा गुणस्तरीय पर्यटन पवद्र्धन तथा पर्यटन सेवाको विविध क्षेत्रमाम पु¥याएको योगदानको उच्च कदर तथा सम्मान गर्दै उक्त अवार्ड पदान गरेको थियो ।

त्यसैगरी वर्तमान परिप्रेक्षमा नेपाली पर्यटन क्षेत्रको प्रवद्र्धनमा उल्लेख्य योगदान पुर्याएकोमा सराहनीय भूमिकाको कदर गर्दै नेपाल वायु सेवा निगममा महाप्रवन्धक सुगतरत्न कंसाकारलाई पाटा पर्सनालिटि अफ द ईयर २०१८ अवार्ड प्रदान गर्यो ।

पाटाले आफ्ना सदस्य शैक्षिक संस्थाहरुमध्ये पाटा नेपाल स्टुडेन्ट च्याप्टरको उद्देश्य र भावना अनुरुप उत्कृष्ठ कृयाकलापहरु गरेकोमा प्रशंसा गर्दै नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (नाथम) लाई वेष्ट स्टुडेन्ट च्याप्टर अफ द इयर अवार्ड प्रदान गरेको छ ।

पर्यटनमा डिजिटल रुपान्तरणको आवश्यकता लाई मध्यनजर गर्दै पाटा नेपालले  डिजिटल मार्केटिङ विज्ञ तथा मेकोङ्ग टुरिजम कोडिनेटिङ्ग अफिसका कार्यकारी निर्देशक जेन्स थरेनहर्टलाई साधारण सभाको प्रमुख वक्ताको रुपमा नेपाल आमन्तरण गरेको थियो ।

जेन्स डिजिटल रुपान्तरण तथा यसले पर्यटन क्षेत्रमा ल्याउन सक्ने असीम परिर्वतनलाई प्रभावकारी रुपमा कार्यन्वयन गराउन सफल विज्ञ व्यक्तित्वको रुपमा चिनिन्छन । साधारण सभामा  इन्टरनेन्सल चाइना इन्भेस्टमेन्ट फोरमका अध्यक्ष डा. मार्कस ली लाई समेत ‘गेस्ट अफ अनर’ को रुपमा आमन्त्रित थिए ।

४२ औँ साधारण सभाले आगामी आर्थिक वर्षमा अन्तराष्ट्रिय मार्ट तथा सेल्स मिसन, तेस्रो हिमालयन ट्राभल मार्ट २०१९, मानव संशाधन विकास सम्बन्धी तालिमहरु, पर्यटन सम्बन्धी अनुसन्धान–स्रोत पहिचान, प्रडक्ट डेभलपमेन्ट, मिडिया तथा ब्लगर्सहरुको परिचयात्मक भ्रमण तथा डेस्टिनेसन इमेज वील्डिङ्ग अभियानलगायतका कार्यक्रमहरु गर्ने निर्णय गरेको पाटाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेशसिंह बुडालले जानकारी दिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप