शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली कागजमा लगानी गर्न युरोपियन युनियन इच्छुक

मङ्गलबार, २३ असोज २०७५, १८ : ४०
मङ्गलबार, २३ असोज २०७५

काठमाडौं– यूरोपियन युनियन (इयू) नेपाली कागजमा लगानी गर्न इच्छुक देखिएको छ । 

नेपालका लागि ईयूका राजदूत भेरोनिका कोडीले नेपाली कागजको माग युरोपियन मुलुकमा रहेकोे उल्लेख गर्दै त्यसमा लगानी गर्ने चाहना व्यक्त गरेकी हुन् ।

मंगलबार नेपाल चम्बर अफ कमर्सले काठमाडौंमा आयोजना गरेको ‘इयू र नेपालको आर्थिक सम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालको पर्यटन क्षेत्रको विकासमा पनि इयू अन्तर्गतका सदस्य राष्ट्रहरु लगानी गर्न प्रतिबद्ध रहेको बताइन् ।

कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालको हस्तकलासँग सम्बन्धित उत्पादन वृद्धिका लागि लगानी बढाउन इयूलाई आग्रह गरेका थिए ।

इयू अन्तर्गतको फ्रान्स, बेलायत र जर्मन लगायतका मुलुकहरुले नेपाली कागज, पश्मिनालगायतका ठूलो परिमाणमा हस्त निर्मित सामानहरु निर्यात गर्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप