बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ग्लोबल आइएमई बैंक र लेखनाथ सिटि हस्पिटबीच सम्झौता, उपचारमा २५ प्रतिशतसम्म छुट

मङ्गलबार, २३ असोज २०७५, १८ : २७
मङ्गलबार, २३ असोज २०७५

पोखरा । ग्लोबल आइएमई बैंक र पोखरा महानगरपालिका २६ कास्कीमा रहेको लेखनाथ सिटी हस्पिटलबीच स्वस्थ्य सेवामा छुट सम्वन्धि सम्झौता भएको छ ।

बैंकका डेविट कार्ड, क्रेडिट कार्ड, प्रिभिलेज कार्ड होल्डर, बैंकका कर्मचारी तथा कर्मचारीका परिवारले सो हस्पिटलमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट दिने सम्बन्धी सम्झौता भएको हो । 

उक्त सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका गण्डकी प्रदेश प्रमुख अजय थापाको उपस्थितिमा बेगनास शाखाको शाखा प्रबन्धक दिनेश अधिकारी र लेखनाथ सिटी हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक सुजन रानाभाटले हस्ताक्षर गरे ।

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरु ल्याईरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप