शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पप्पु कन्स्ट्रक्सनका मालिक रौनियारको निलम्बन फुकुवा गर्न फोरमको माग

मङ्गलबार, २३ असोज २०७५, १८ : २१
मङ्गलबार, २३ असोज २०७५

काठमाडौं–संघीय समाजवादी फोरम नेपालले आफ्ना पार्टीका सांसद हरिनारायण रौनियारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको भ्रष्टाचारका मुद्दाप्रति आपत्ति जनाएको छ । 

साथै निलम्बन गरिएका प्रतिनिधिसभा सदस्य हरिनारायण रौनियारमाथि सम्पूर्ण कारवाही फुकुवा गर्न माग गरेको छ ।  सांसद रौनियार पप्पु कन्स्ट्रक्सनको सञ्चालक नहुँदा पनि आयोगले पूर्वाग्रही भएर सांसद रौनियामाथि भ्रष्टाचारको मुद्दा चलाएको दावी गरेको फोरम नेपालले गरेको छ ।

कन्स्ट्रक्सनको सञ्चालक सांसद व्यक्ति नहुँदा नहुँदै रौनियारलाई आयोगले विगोको १९ करोड ३२ लाख २५ हजार ६९५ रुपियाँ विगो माग गरिएको छ  भने कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियारलाई पनि उत्तिकै विगो माग गरेको फोरम नेपालको दावी छ । 

अख्तियारले पूर्वाग्रही भएर मधेशका नेताविरुद्ध मुद्दा चलाएको पार्टीले आरोप लगाएको छ । कतिपय ठेक्केदार कम्पनीहरु काम नगरेर रकम दुरुपयोग गरेको प्रमाणहरु हुँदाहुँदै पनि अख्तियारले उनीहरुबिरुद्ध कारवाही नगरेर मधेशका नेताहरुलाई लक्षित गरी चरित्र हत्या गरेको आरोप लगाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप