शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मुक्तिनाथ विकास बैंकका दुई शाखा एकै साथ संचालनमा

मङ्गलबार, २३ असोज २०७५, १८ : १८
मङ्गलबार, २३ असोज २०७५

काठमाडौं । आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशै भरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा झापा जिल्लाको बिर्तामोड र सुनसरी जिल्लाको धरानमा दुई शाखा कार्यालय विस्तार गरेको छ । 

बिर्तामोड शाखाको उद्घाटन बिर्तामोड नगरपालिकाका मेयर ध्रुव कुमार सिवाकोटी र धरान शाखाको समुद्घाटन सुनसरी जिल्ला उद्योग वाणिज्य संघ, सुनसरीका अध्यक्ष राजेन्द्र शाहले गरे । 

समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल, स्थानीय जनप्रतिनिधीहरु, व्यापारी, कर्मचारी, समाजसेवी तथा भद्रभलाद्मीहरुको उपस्थिति रहेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप