शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सहकारीमार्फत निक्षेपकर्ताको ४ करोड ठगी गर्ने अजय महर्जन पक्राउ

मङ्गलबार, २३ असोज २०७५, १८ : ११
मङ्गलबार, २३ असोज २०७५

काठमाडौं– साईनिङ्ग स्टार सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडमा सर्वसाधारणले जम्मा गरेको निक्षेप रकम हिनामिना गरेर आफ्नो नाममा घर–घडेरी खरिद गर्ने अजय महर्जन पक्राउ परेका छन् ।

काठमाडौं–१३ ताहाचल बस्ने महर्जनलाई सोमबार ताहाचलबाट नियन्त्रणमा लिइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । तत्कालिन साईनिङ्ग स्टार सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको सञ्चालक समिति सदस्य रहेका महर्जन समेतको समुहले सहकारीमार्फत ४ करोड १७ लाख ५८ हजार निक्षेप रकम ठगी गरेको बताइएको छ ।

अजय महर्जनलाई काठमाडौं जिल्ला अदालतले २०७२ वैशाखमा ४० लाख ७८ हजार जरिवाना र २ बर्ष ८ महिना कैदको फैसला गरेको थियो । बेरुजु रहेको उक्त फैसला कार्यान्वयनको लागी महर्जनलाई नियन्त्रणमा लिएर काठमाडौं जिल्ला अदालतको आदेशले केन्द्रिय कार्यालय सुन्धारामा पठाइएको ब्युरोले जनाएको छ ।

महर्जन समेतका सहकारीका पदाधिकारीहरुले आकर्षक व्याज र उपहारको झुट्टा प्रलोभन देखाएर निक्षेपकर्ताहरुबाट संकलित सावा–ब्याज समेत फिताए नगरी ठगी गरेको बताइएको छ । ब्युरोले यसअघि सोही ठगी मुद्धामा संलग्न रोशनकुमार खड्गी र प्रकृति श्रेष्ठलाई पक्राउ गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप