केन्द्रीय संस्करण

काल्र्सबर्ग गल्फ सिरिज् २०१८ः कार्की र मल्ललाई उपाधी

person explore access_timeअसोज २३, २०७५ chat_bubble_outline0

काठमाडौं । काल्र्सबर्ग गल्फ सिरिज् २०१८ को अन्तिम लिग् अर्थात् देशको सबैभन्दा प्रतिष्ठित गल्फिङ इभेन्टको फाइनल सिरिज्को समापन भएको छ । ३ वटा सिरिज्को यस प्रतियोगितामा देशका प्रमुख उदयमान गल्फरहरुको कडा प्रतिस्पधा भयो ।

३ वटा सिरिज् मध्येको अन्तिम सिरिज्को सुरुवात असोज २० गते भएको थियो । आफ्नो होम क्लबहरुको भ्यालिड ह्याण्डीक्याप भएका देशभरिका उदयमान–गल्फरहरुलाई पनि यस इभेन्टमा सुनौलो मौका दिइएको थियो । यो सिरिज् ¾ह्याण्डीक्यापका साथ स्टेबेलफोर्ड फम्र्याटमा खेलिएको थियो । 

पवित्र कुमार कार्कीले ३०० अंक प्राप्त गरी आफ्नो लागि नेट सेक्सनमा पहिलो स्थान हासिल गर्न सफल भए भने पृथ्वी मल्लले ४९० अंकका साथ सिरिज्का ग्रस च्याम्पियन बन्न सफल भए ।

गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेले काल्र्सवर्ग गल्फ सिरिज् “सन् १९९० देखि नेपालमागल्फ खेलको गौरवशाली प्रायोजक रहेको काल्र्सबर्गले प्रतिभाशाली उदयमान गल्फरहरुलाई अघि आएर आफ्नो प्रतिभा देखाउनेअवसर प्रदान गर्दै काल्र्सबर्ग गल्फ सिरिज्ले साँच्चै नै लामो बाटो तय गरेको छ ।”

गोर्खा बु्रअरीका बजार प्रबन्धक रोजन अमात्यले भने, “यस प्रतियोगिताका लागि हामीले ज्यादै नै उत्कृष्ट प्रतिक्रीया प्राप्त गरेका छौं र हामी सहभागीहरुलाई पनि कृतज्ञता व्यक्त गर्न चाहन्छौं ।”

गोकर्ण फरेष्ट रिजर्टका प्रमुख गल्फनिर्देशक दीपक आचार्यकाअनुसार, “काल्र्सबर्ग गल्फसिरिज् उदयमान गल्फरहरुकालागि प्रतिस्पर्धात्मक गल्फ खेल्न एक उत्कृष्ट मञ्च हो । गोकर्ण रिजर्टको तर्फबाट म काल्र्सबर्गलाई गल्फमा निरन्तर सहयोग गरिरहेकोमा हार्दिक धन्यवाद दिन चाहन्छु । यस्तो प्रायोजनले नेपालमा गल्फको उत्थान तथा विकासमा पक्कै पनि मद्दत मिल्ने छ ।”

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...