बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

एनआईसी एशिया क्यापिटल र सुर्या लाइफ इन्स्योरेन्सबीच हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्ने सम्झौता

मङ्गलबार, २३ असोज २०७५, १३ : ३०
मङ्गलबार, २३ असोज २०७५

काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १०ः७ को अनुपातमा साविकका शेयरधनीहरुलाई जारी गर्न लागेको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

एनआईसी एसिया क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेल र  सुर्या लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिव नाथ पाण्डले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

निष्काशन तथा विक्रीप्रबन्धक सँगैै एनआईसी एशिया क्यापिटल पुंजी बजारमा लगानीकर्ताहरु माझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निक्षेप सदस्य (डीपी) सेवा, लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप