केन्द्रीय संस्करण

नेपाल कलाकार संघका अध्यक्ष बोगटी दुर्घटनामा परे, बिएण्डबीमा उपचार हुँदै

person access_timeअसोज २३, २०७५ chat_bubble_outline0

काठमाडौं– नेपाल कलाकार संघका अध्यक्ष रामकेशर बोगटी दुर्घटनामा परेका छन् ।  

आज बिहान ललितपुरको टिकाथलीस्थित आफ्नै घरअगाडि रुखले किचेर उनी सख्त घाइते भएको पारिवारिक श्रोतले बताएको छ । 

अध्यक्ष बोगटीको अहिले ललितपुरको ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा उपचार भैरहेको छ । उनको अवस्था चिन्ताजनक रहेको पारिवारिक श्रोतले बताएको छ । 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ