शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दशैं मोबाइल मेला आज देखि, मोबाइल खरिदमा ६० प्रतिशतसम्मको छुट

मङ्गलबार, २३ असोज २०७५, १३ : १७
मङ्गलबार, २३ असोज २०७५

काठमाडौं–ताम्राकार कम्प्लेक्सले नेपालीहरुको महान चाड बडादशैंको अवसर पारेर दशैं मोबाइल मेला आयोजना गरेको छ ।

मोबाइल व्यवसायीहरुको छाता संगठन मोबाइल व्यापार संघ, ताम्राकार कम्प्लेक्सको आयोजनामा हुने दशैं मोबाइल मेला यहि असोज २३ गतेदेखि असोज ३१ गतेसम्म संचालन हुनेछ ।

मोबाइल मेलामा ताम्राकार कम्प्लेक्सभित्रका मोबाइल पसलहरुमा मोबाइल खरिद बिक्रीमा ग्राहकहरुले न्यूनतम ४ प्रतिशतदेखि अधिकतम ६० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । ताम्राकार कम्प्लेक्सभित्र यस अवधिमा कुनैपनि मोबाइल खरिदमा ग्राहकहरुले एउटा इनर्जी ड्रिंक समेत प्राप्त गर्नेछन् ।

मेलाको अवसर पारेर ताम्राकार कम्प्लेक्सभित्र मोबाइल खरिद गर्ने ग्राहकहरुले स्मार्ट टेलिकमको सिम कार्ड समेत निशुल्क पाउँनेछन् ।

निश्चित रकम ब्यालेन्ससहितको कार्ड एक्टिभेट गर्न भने आवश्यक प्रकृया ग्राहकले पुरा गर्नुपर्ने हुन्छ । यसका साथै हरेक कम्पनीहरुले आफ्नो प्रबद्र्धनमा राखेको स्कीमहरु पनि ग्राहकहरुले साथमा नै प्राप्त गर्न सक्नेछन् ।

मेलाको अवसर पारेर मोबाइल व्यवसायी संघ ताम्राकार कम्प्लेक्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक सेवा समेत गर्ने घोषणा गरेको छ ।

दशैं मोबाइल मेलाको अवधिभर ताम्राकार कम्प्लेक्सबाट बिक्री हुने प्रत्येक मोबाइलबाट २० रुपैयाँ संकलन गरेर मिडियाकर्मी रवि लामिछानेको नेतृत्वमा निर्माण भईरहेको कालिकोट जिल्लाको रास्कोट सामुदायिक अस्पताललाई उपलब्ध गराउने छ । यस्तो रकम रवि लामिछानेलाई मेला सकिएपछि सार्वजनिकरुपमा हस्तान्तरण गरिनेछ ।

दशैं मोबाइल मेला ग्राहकहरुले फरक अनुभव र आफूले रोजेको मोबाइल सूपथ मूल्यमा किन्ने अवसर भएको मोबाइल व्यापार संघका अध्यक्ष जगत साउदले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप