शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी जनयुद्धकालको झझल्को दिलाउने कृष्णाको गजल

मङ्गलबार, २३ असोज २०७५, ११ : ४४
मङ्गलबार, २३ असोज २०७५

जनकपुरधाम । माओवादी जनयुद्धकालको झझल्को दिलाउने  भिडियो गजल हाँस्य कलाकार कृष्णा कुमार महतोले मंगलबार सार्वजनिक गरेका छन् ।

‘चलि आई किछु गजल गुन गुनाली’ शीर्षकको भिडियो गजलमा कृष्णा सँगै नाट्यकर्मी सरिता साहले पनि अभिनय गरेकी छिन् । 

मैथिली भाषाको यो पहिलो गजल माओवादी जनयुद्धकालको घटनामा आधारित छ । 

माओवादी जनयुद्धकालमा माओवादी लडाकु बनेका युवाहरु आफ्नो घरमा लुकिलुकि आउने गरेको तथा प्रहरीको निगरानीबाट बचेर भएपनि परिवारसँग गर्ने कारुणिक भेटलाई देखाइएको छ ।

अनुप जनकपुर मिडिया प्रोडक्सन हाउसद्वारा निर्मित गजलमा गायक ललित कामत तथा नेहा प्रियदर्शनीको आवाज रहेको छ भने गजललाई अयोेध्यनाथ चौधरीले सिँगारेका हुन् । सुनिल प्रवेशले गजललाई कम्पोज गरेका हुन् भने कथा र निर्देशन समेत कलाकार कृष्ण कुमार महतोले स्वयम् गरेका हुन् ।

भिडियो भर्सनको लागि क्यामेरामा मनिष (सानु) ले साथ दिएका छन् भने रविन्द्र प्रकाशले सम्पादन गरेका हुन् । 

न्यामिक यादवको सहयोगमा कृष्णा, नाटयकर्मी सरिता साह सहित रोचक एण्ड घोचक टिमका प्रदिप कुमार महतो, रोहित, फुलगेन, सुनिता, शम्भु र जयकुमारले माओवादी लडाकुको अभियनमा देखिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप