३० वर्षसम्म ढोका अड्काउन प्रयोग गरेको ढुङ्गा उल्कापिण्ड थियो, मूल्य एक करोड बढी
अमेरिकाको मिशिगनमा बस्ने एक व्यक्ति तीस वर्षसम्म आफ्नो ढोकालाई १० किलोको एउटा ढुङ्गाको टुक्राले अड्याएर बन्द गरिरहे । अब त्यो ढुङ्गा उल्कापिन्ड भएको पत्ता लागेको छ । यसको मूल्य एक लाख डलर (एक करोड रुपैयाँ बढी) आँकलन गरिएको छ । यसका मालिकले सन् १९८८ मा आफ्नो सम्पत्ति बेचेका बेला उक्त उल्कापिन्ड उपहारस्वरुप पाएका थिए ।
सन् १९३० को दशकमा भेटिएको थियो उल्कापिन्डः
उल्कापिन्डका पुराना मालिकका अनुसार सन् १९३० को दशकको एक रात उनले उक्त पत्थर खेतमा खन्नेबेला भेटे जुन निकै तातो थियो ।
यता नयाँ मालिक डेभिड माजुरेकले भने उक्त पत्थरको आकार ढोका अड्काउनका लागि ठिक्क भएको सोचेर यसैका लागि प्रयोग गर्न थाले । गत जनवरीमा उल्कापिण्डहरु हज्जारौं मूल्यमा बिकिरहेको रिपोर्ट देखेपछि आफूसँग भएको अचम्मको ढुङगा पनि कतै उल्कापिण्ड त होइन भन्ने जिज्ञासासहित उनी युनिभर्सिटी अफ इक्ज्यामिनेशनमा पुगेको उनले बताए ।
त्यहाँकी जियोलोजीकी प्राध्यापक मोनालिसा सर्बेस्कु यसको आकार देखेर चकित भइन् । उनले पत्थरको एक्सरे फ्लोरेन्सबाट परिक्षण गर्ने निर्णय गरिन् ।
उक्त पत्थरमा ८८ प्रतिशत फलाम, १२ प्रतिशत निकल र केही मात्रामा भारी धातु इरिडियम, ग्यालियम र सुन पनि भएको अनुसन्धानमा पत्ता लाग्यो ।
प्राध्यापक भन्छिन्, मैले यति मूल्यवान पत्थर आफ्नो जीवनमा देखेकी थिइनँ । सौर्यमण्डलको कुनै टुक्रा खसेर मेरो हातमा आएको जस्तो महसुस भयो । उल्कापिन्डमा ९० देखि ९५ प्रतिशत फलाम नै हुन्छ ।'
एडमोर उल्कापिन्ड नाम राखियोः
उक्त ढुङ्गालाई एडमोर उल्कापिन्ड नाम दिइएको छ किनभने यो एडमोरमा नै खसेको थियो । उल्कापिन्डको नमूना क्यालिफोर्निया युनिभर्सिटीको प्लेनेटरी–साइन्स डिपार्टमेन्ट पठाइएको छ ताकि त्यसको रासायनिक संघटन जाँच्न सकियोस् ।
सबैभन्दा ठूलो उल्कापिण्ड ६ हजार ६ सय किलोको थियोः
धर्तीको सबैभन्दा ठूलो उल्कापिन्ड नामिबियाको होबामा भेटिएको थियो । यसको तौल ६ हजार ६ सय किलो थियो । वैज्ञानिकको मान्यता अनुसार यो करिब ८० हजार वर्ष पहिले धर्तीसँग ठोक्किएको थियो । यसमा पनि धेरैजसो फलाम र निकल नै थियो ।
मंगल र वृहस्पतीका बीच विभिन्न क्षुद्रग्रह चक्कर लगाइरहेको छ । यसका टुक्रालाई नै उल्का भनिन्छ । धेरै पटक उल्का धर्तीको कक्षमा पनि प्रवेश हुने गर्छ । वायुमण्डलका कारण साना उल्का जलेरै नष्ट हुन्छन् जबकी ठूला उल्कापिण्ड धर्तीसँग ठोक्किने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महतले अघि बढाएका राम्रा काम रोक्दिन : अर्थमन्त्री पुन
-
नेपाललाई हिन्दु राष्ट्र बनाउन भारतले षड्यन्त्र गरेको छैन : अध्यक्ष माधव
-
पत्रकार महिलाको अवसर र चुनौतीको विषयमा छलफल
-
एनआरएनएको निर्वाचनमा अनलाइन भोटिङको युजर नेम र पासवर्ड दुरुपयोग : प्रतिवेदन
-
टी–२० क्रिकेट : तस्बिरमा हेर्नुहोस् आयरल्याण्ड र नेपालबिचको खेल
-
पार्टी एमालेलाई बुझाएर प्रचण्ड राष्ट्रपति बन्छन् : रामकुमार शर्मा, पूर्वमाओवादी नेता