दार्चुलामा मलेरियाका बिरामी फेला
दार्चुला । स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशले भारतसँग सीमा जोडिएका क्षेत्रमा सहायता कक्ष स्थापना गर्न निर्देशन गरेको दुई दिनपछि यहाँस्थित जिल्ला अस्पतालमा मलेरियाका एक बिरामी भेटिएका छन् ।
नियमित स्वास्थ्य जाँचका लागि अस्पताल पुगेका महाकाली नगरपालिका–३ जायझुलकी १५ वर्षीया दीपा भट्टमा मलेरिया भएको भेटिएको हो । लामो समयदेखि ज्वरो आएपछि अस्पताल पुगेकी भट्टको प्रयोगशाला जाँचपछि मलेरिया भेटिएको जिल्ला अस्पतालका जनस्वास्थ्य अधिकृत नरेन्द्रराज जोशीले जानकारी दिए।
हिमाली जिल्लाअन्तर्गत पर्ने दार्चुलामा पहिलो पटक मलेरियाका बिरामी भेटिएको हो । यसअघि जिल्ला औलो न्यून भएको क्षेत्रका रुपमा चिनिएको थियो ।
सदरमुकाम खलङ्गासँगै जोडिएको क्षेत्रमा मलेरियाका बिरामी भेटिएपछि उच्च सतर्कता अपनाइएको जोशीले बताए । उनमा मलेरिया देखिएपछि सेती अञ्चल अस्पताल धनगढीबाट आजै औषधि मगाएर दिइएको छ ।
सरुवा रोग भएका कारण उनलाई विशेष निगरानीमा राखेर औषधि सेवन गर्न दिइएको उनले बताए । दार्चुलास्थित महाकाली नगरपालिकाका खलङ्गा, दत्तु र मालिकार्जुन गाउँपालिकाको जौलजीवी तथा व्यास गाउँपालिकाको तिगरमा सहायता कक्ष स्थापना गर्न पत्राचार गरिएको जोशीले बताए ।
यसैबीच मलेरियाका बिरामी भेटिएपछि महाकाली नगरपालिकाको जाइझुलमा मङ्गलबार स्वास्थ्यकर्मीको टोली परिचालन हुने भएको छ । गाउँमै किशोरीमा मलेरिया भेटिएपछि गाउँका अन्य बिरामीको अवस्था जाँच गर्नका लागि स्वास्थ्यकर्मी परिचालन हुने भएका छन् । लामखुट्टेको टोकाइबाट यो रोग सर्ने भएका कारण सर्वसाधारणलाई झुलको प्रयोग गरेर सुत्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।
भाइरलका बिरामी जिल्लाभरि
जिल्लाका सबै क्षेत्रमा अहिले भाइरल ज्वरोका बिरामी बढेका छन् । नौगाड गाउँपालिका, व्यास गाउँपालिका र महाकाली नगरपालिका क्षेत्रमा भाइरलका बिरामी बढेका छन् । मौसममा देखिएको परिवर्तनका कारण भाइरलका बिरामी बढेकोे जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । अहिले गर्मीबाट चिसो याम शुरु हुन लागेका कारण सबै स्वास्थ्य संस्थामा भाइरलका बिरामी देखापरेको स्वास्थ्यकर्मीले जनाएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयमा मात्र दैनिक करीब एक सय बिरामी आउने गरेको जनस्वास्थ्य अधिकृत जोशीले बताए । स्वास्थ्य संस्थामा आएर प्रयोगशाला परीक्षण गर्दा दैनिक १०–१५ जना उच्च प्रकारको भाइरल र टाइफाइडका बिरामी देखिने गरेको ल्याब टेक्निशियन दीपक विष्टले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
-
मन्त्री बादीद्वारा बालमन्दिर ‘अटिजम’ विद्यालय अनुगमन
-
इरानी फुटबल टोलीलाई अमेरिका प्रवेशमा सहजता, इजिप्टसँगको खेलका लागि दुई दिनअघि आउन पाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण