बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

गजल

शनिबार, ०७ साउन २०७४, ०८ : २२
शनिबार, ०७ साउन २०७४

-पदम भण्डारी

राजाको शिरबाट श्रीपेच झार्यो प्रचण्डले
दर्बारबाट नागार्जुन् लघार्यो प्रचण्डले

श्री ५ का पाउमा मोहोर चढाएर ढोग्ने
नेताहरूलाई वैतरणी तार्यो प्रचण्डले

सबै जातका फूललाई फुल्ने अवसर दिई
देश बिखण्डन हुनबाट टार्यो प्रचण्डले  

उसकै एजेन्डामा आज देश चलि रा’छ
विपक्षी भन्छ नराम्ररी हार्यो प्रचण्डले

सबै दललाई एकै लहर पार्यो प्रचण्डले
मैले बुझिन कसरी हार्यो प्रचण्डले ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप