शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गजल

शनिबार, ०७ साउन २०७४, ०८ : १०
शनिबार, ०७ साउन २०७४

-सानु आचार्य

म त व्यर्थै दोबाटोमा भेटिएको मान्छे
हत्केलाका रेखाहरू मेटिएको मान्छे

आफ्नो भन्नु आफ्नो सोच्नु हृदयको कुरा
आफ्नो हुन्न एकपटक देखिएको मान्छे

देख्छौ कि त भमराको चाल यो आँखामा
त्यो होइन म फूलको धारले रेटिएको मान्छे

आफूलाई सफल बनाऊ मेरो भर नपर है
म हँु निधारमा व्यथा लेखिएको मान्छे

तिम्रो सुनौलो मिर्मिरेमा उदाउ कसो गरी
म त हजुर बादलुले छेकिएको मान्छे । ।

-भरतपुर–८ , चितवन
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप