डुम्रेमा गाउँपालिकाको सात दिने यस्तो अल्टिमेटम
-किरण श्रेष्ठ
तनहुँ तनहुँको व्यापारीक केन्द्रको रुपमा फस्टाउँदै गएको बन्दिपुर गाउँपालिका स्थित पृथ्वीराजमार्गमा पर्ने डुम्रेबजारको दायाँ बायाको सडक छेउमा राखिने सामग्रीहरु हटाउन सात दिने अल्टिमेटम दिएको छ ।
पृथ्वीराजमार्ग सडक र बजार क्षेत्र अस्तव्यस्त हुनुका साथै सर्वसाधारणहरु लाई हिडडुल गर्नको लागि असहज बनेपछि बन्दिपुर गाउँपालिकाले अल्टिमेटम दिएको बन्दिपुर गाउँपालिकाका प्रमुख पूर्णसिंह थापाले बताए ।
डुम्रे बजारको फोहोर अव्यवस्थित र दुर्गन्धित बन्दै गए पछि चुदी खोलामा बन्दिपुर गाउँपालिकाको सक्रियतामा जनपथ प्रहरी, शसस्त्र प्रहरी र स्थानीवासीको सहयोगमा फोहोर हटाएर खोला सफा गर्ने कार्य भएको छ ।
उक्त खोलामा दैनिक ४ जना कर्मचारी खटाइएको र उनीहरुले फोहोर संकलन गरेर टिप्परको माध्यमबाट सुरक्षित स्थानमा व्यवस्थापन गर्न जिम्मा लगाइएको छ ।
सडक छेउमा राखिने जुनसुकै बस्तु हटाउन भनिएको छ स्थानीय एवं नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य क्षितिज लामिछानेले भने ूएक हप्ता भित्र नहटाइए गाउँपालिकाले वडा कार्यालयमा लगेर थन्याउँने या तालाबन्दी गर्ने निर्णय भएको छ ।
त्यसैगरी डुम्रे बजार क्षेत्रलाई फोहोर व्यवस्थापन गर्न हाललाई ४९ वटा डसविन पनि बाँड्न लागिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ