मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

गोरुको पनि शव यात्रा

सोमबार, २२ असोज २०७५, १५ : ५८
सोमबार, २२ असोज २०७५

एजेन्सी । बिहारको गया जिल्लाको बडा बजार क्षेत्रमा शनिबार रोचक दृश्य देखियो ।

हर–हर महादेवको नारासहित ढोलकको तालबीच एक गोरुको शव यात्रा निकालियो ।

भाईचाराको उदाहरण पेश गर्दै शव यात्रामा हिन्दु र मुस्लिम दुवै समुदायका १५० जना मलामी सामेल थिए । 

गोरुको शव एउटा बेलगाडामा राखिएको थियो र शवलाई कात्रो र फूलले सजाइएको थियो ।

स्थानीयले शवलाई पूरै बजारमा घुमाएका थिए ।

करीब १० वर्षको उक्त गोरुलाई केही ‘बादशाह’ भनेर बोलाउँथे भने केही ‘डन’ । 

बजारमा उपस्थित केही व्यक्तिका अनुसार शहरबाट एक व्यवसायीले यो गोरुलाई लिएर आएका थिए ।

चंचल यादवको बजारमा ग्याँस चुल्होको पसल छ ।

उनले भने, ‘बिहान हामीले यस गोरुको मुखबाट फिँज निक्लिरहेको देख्यौँ । यो एक ठाउँबाट अर्को ठाउँ कुदिरहेको थियो । केही समयपछि त्यो भूइँमा ढल्यो । हामीले डाक्टरलाई पनि बोलयौँ । तर, हामीले बचाउन सकेनौँ ।’

डाक्टरका अनुसार गोरुको निधन विषाक्त औषधीका कारण भएको हो ।

गोरुको मृत्युपछि स्थानीयले बैठक डाकेर विधिपूर्वक अन्तिम संस्कार गर्ने निर्णय गरे ।

बजारमा टेलरको पसल रहेका इम्तियाज अन्सारीले भने, ‘हामीले उक्त गोरुको शवलाई मानिसजस्तै सम्मानका साथ अन्तिम संस्कार गर्ने निर्णय गर्यौँ । र, बजारमा चन्दा पनि उठायौँ ।’

स्थानीयका अनुसार सो गोरुको शवलाई बजारबाट आधा किलोमिटर टाढा गाडिएको थियो ।

बडा बजारका स्थानीयले केही वर्षअघि यसरीनै गोरुको अन्तिम संस्कार गरेका थिए ।

दुई वर्षअघि करेन्ट लागेर एक बाँदरको निधन हुँदा हिन्दु परम्परा अनुसार अन्तिम संस्कार गरेर त्यहाँ मन्दिर पनि स्थापना गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप