शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुनीलसँगै कम्ब्याक गर्दै कपिल

सोमबार, २२ असोज २०७५, १५ : ४२
सोमबार, २२ असोज २०७५

एजेन्सी । विवादबीच लामो समय सानो पर्दाबाट टाढा रहेका कमेडियन कपिल शर्मा पुनः आफ्नो पुरानो कार्यक्रम लिएर फर्कने भएका छन् ।

केही दिनअघि ट्वीटर मार्फत कपिलले चाँडै ‘द कपिल शर्मा शो’ लिएर कम्ब्याक गर्न लागेको जानकारी दिएका हुन् ।

हाल आफूले निर्माण गरेको चलचित्र ‘सन अफ मन्जित सिंह’ प्रचारमा व्यस्त रहेका कपिलले उक्त कार्यक्रममा सुनिल ग्रोभर पनि सँगै रहने संकेत पनि गरेका छन् ।

कमेडी नाइटस् वीथ कपिल र कपिल शर्मा शोमा सँगै रहेका कपिल र सुनीलबीच विमानमा झगडा भएको थियो । जसको चर्चा मिडियामा निकै भएको थियो ।

त्यसपछि सुनीलले शो नै छाडेका थिए भने कपिल डिप्रेसनको साथै बिरामी परेपछि केही समयपछि शो नै बन्द भएको थियो ।

तर, अहिले दुई कमेडियनबीच सम्बन्ध सुधार भएको छ ।

हिन्दुस्तान टाइम्सले कपिलको भनाई उद्धृत गर्दै लेखेको छ, ‘सुनील र म दाजुभाई जस्तै हौँ । केही दिनअघि मात्र हामी दुवै सँगै थियौँ र हाम्रो नयाँ प्रोजेक्टको बारेमा छलफल पनि गर्यौँ । सबै विवाद झुठा समाचारले खडा गरेका हुन् । हामीसँगै कमेडी शोमा पनि देखिन सक्छौँ ।’

यता, कपिल चाँडै विवाह बन्धनमा बाँधिने पनि खबर सार्वजनिक भइरहेका छन् ।

मुम्बई मिररका अनुसार कपिलले आफ्नो लामो समयदेखिको प्रेमिका जिनी छत्रथसँग विवाह बन्धनमा बाँधिने छन् ।

कपिलको साथीलाई उद्धृत गर्दै पञ्जाबमा चार दिन लामो विवाद समारोहको तयारी भइरहेको बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप