शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

वेस्ट इन्डिज टिममा फर्किए पोलार्ड

सोमबार, २२ असोज २०७५, १४ : २८
सोमबार, २२ असोज २०७५

बार्बाडोस– वेस्ट इन्डिजका अलराउन्डर काइरोन पोलार्ड भारत विरुद्धको तीनवटा टी–२० क्रिकेट खेलका लागि १५ सदस्यीय टिममा छनौट भएका छन् । 

आगामी नोभेम्बर ४ देखि हुने उक्त प्रतियोगितामा पोलार्डको खेल क्षमता र घरेलु क्रिकेटमा गरिरहेको योगदानलाई विचार गरेर छनौट गरिएको वेस्ट इन्डिजका छनौट समितिका अध्यक्ष कोर्टनी ब्राउनले बताए । 

वेस्ट इन्डिज छनौट समितिले १५ सदस्यीय एक दिवसीय टीम समेतको घोषणा गरेको छ । उक्त टीममा नयाँ खेलाडीहरु चन्द्रपाल हेमराज, फाबियन आलेन र ओसेन थोमस रहेका छन् । आगामी सन् २०१९ मा हुने क्रिकेट विश्कपलाई समेत ध्यान दिएर नयाँ खेलाडी छनौट गरिएको कोर्टनी ब्राउनले बताए । 

ब्राउनले आक्रामक ब्याट्सम्यान क्रिस गेल भारत र बंगलादेश विरुद्धको खेलमा उपलब्ध हुन नसक्ने पनि जानकारी दिए । 

भारत र वेस्ट इन्डिजबीच अक्टोबर २१ देखि नोभेम्बर १ सम्म भारतमा पाँचवटा एक दिवसीय क्रिकेट प्रतियोगिता हुँदैछ । –एएनआई

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप