शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रिसाएकी कंगनाले भनिन्, ‘मेरो मजाक उडाउने हक सोनमलाई कसले दियो ?’

सोमबार, २२ असोज २०७५, १३ : १०
सोमबार, २२ असोज २०७५

मणिकर्णिकामा रानी लक्ष्मीबाईको भूमिका निभाइरहेकी नायिका कंगना रनौत चर्चामा छाइरहन्छिन् । कहिले आफ्नो फिल्मका लागि त कहिले कुनै साथीसँगको झगडाका लागि । अब उनले नायिका सोनम कपुरलाई निशाना साँधेकी छिन् । हालै, फिल्मनिर्माता विकास बहलमाथि ‘फ्यान्टम फिल्म्स’ की एक कर्मचारीले शारिरिक शोषणको आरोप लगाएकी थिइन् ।

कंगना विकास बहलसँग फिल्म ‘क्विन’ मा काम गरिसकेकी छिन् । कंगनाले पूरा मुद्दामाथि आफ्नो पक्ष राखिन् र विकासबारे धेरै कुरा गरिन् ।

सोनमले के भनेकी थिइन् ?

कंगनाको बयानपछि सोनम कपुरले पनि आफ्नो विचार व्यक्त गरिन् । हालै सोनमसँग जब एक कार्यक्रममा कंगनाद्वारा लगाइएको आरोपबारे सोध्दा उनले सबैभन्दा पहिले घटनालाई दुःखद बताइन् । त्यसपछि उनले भनिन्, ‘सधैंभरी कंगनामाथि विश्वास गर्नु सही होइन ।’

कंगनाले जवाफमा के भनिन् ?

सोनमको यस्तो अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गर्दै कंगनाले एक वक्तत्व जारी गरिन् । जसमा उनी लेख्छिन्, ‘मलाई जज गर्ने अधिकार सोनमलाई कसले दियो । कसलाई विश्वास गर्ने र कसलाई नगर्ने भन्ने कुराको लाइसेन्स सोनमसँग छ कि क्या हो ? मेरो आरोपप्रति उनले कसरी प्रश्न उठाउन सक्छिन् । मैले आफ्नो देशलाई विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरिसकेकी छु । म आफ्नो बुवाका कारण परिचित छैन । मैले वर्षौंसम्म मेहनत गरेर आफ्नो स्थान आफैं बनाएकी हुँ । सोनमलाई न त उत्कृष्ट अभिनेत्रीको रुपमा हेरिन्छ न नै राम्रो वक्ताको रुपमा । यी फिल्मी मानिसहरुलाई मेरो मजाक उडाउने हक कसले दिएको छ ?’

कंगनाले आफ्नो वक्तव्यमा सोनमलाई मात्र नभई उनको परिवारलाई समेत समावेश गरेकी छिन् । कंगनाको यस्तो बयानपछि सोनमले यसको कस्तो जवाफ दिनेछिन् त्यो हेर्न बाँकी नै छ ।

पूरा घटना के हो, कसरी सुरु भयो विवादः

स्मरण रहोस्, यो मामला सन् २०१५ मा बनेको फ्यान्टमको फिल्म ‘बम्बे भेलभेट’ को प्रोमोशनका बेला हो । फिल्मको क्रुमा संलग्न महिलाले ‘हफिंगटन पोस्ट’ सँगको अन्तर्वार्तामा विकासमाथि यौनहिंसाको आरोप लगाइन् । महिलाका अनुसार उनले यसबारे फ्यान्टम फिल्म्सका अनुराग कश्यपलाई पनि भनेकी थिइन् । तर पूरा घटनामाथि कुनै कारवाही गरिएन । यद्यपी, यो घटना सार्वजनिक भएपछि अनुरागले आफ्नो गल्ती स्विकार गर्दै माफी मागे ।

यसमा नायिका कंगना रनौतले पीडितको समर्थन गर्दै लेखेकी थिइन्, ‘म यी पीडितमाथि पूर्ण विश्वास गर्छु । जब हामी फिल्म क्विनको सुटिङ गरिरहेका थियौं त्यतिबेला पनि विकास विवाहित थिए तर उनी दैनिक नयाँ पार्टनरसँग यौन सम्बन्ध स्थापित गरेको कुरा बताउँथे । विकास हरेक रात पार्टी गर्दथे र मलाई यी पार्टीमा समावेश नभएको भन्दै लज्जित बनाउँथे । विकास जतिबेला मलाई भेट्थे तब उनले मलाई अर्कै तरिकाले अंगालो हाल्थे, मेरो कपाल सुँघ्थे र भन्थे, ‘मलाई यो बास्नासँग प्रेम छ ।’’

कंगनाले भनेकी थिइन्, ‘मलाई उनको यस्तो व्यवहार देखेर लाग्थ्यो कि केही त गडबड छ । अब फ्यान्टम फिल्म्स समाप्त भएपछि यस्तो कुराको अत्यधिक चर्चा भइरहेको छ । तर यो मुद्दा पहिले पनि उठाइएको थियो र निकै सजिलै दबाइएको थियो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप