शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दशैँ अफर : मोबाइल किन्दा खसीदेखि १० रुपैयाँमा हवाई यात्रासम्म

सोमबार, २२ असोज २०७५, १२ : १९
सोमबार, २२ असोज २०७५

नेपालीका सबैभन्दा ठूला चापर्वहरू सुरु भइसकेका छन् । दशैं, तिहार र छठ जस्ता चाड नजिकिँदै गर्दा बजारमा चहलपहल पनि निकै बढेको छ । नेपालीहरूको महान चाड दशैं यही असोज २४ गतेबाट सुरु हुँदैछ । दशैं भन्ने वित्तिकै नयाँ लुगा, मीठो परिकार र पारिवारिक जमघट गर्ने साथै घरमा नयाँ नयाँ सरसामानहरू खरिद गर्ने भनेर बुझिन्छ ।

चाडपर्व लक्षित गरी बजारमा सार्वजनिक भएका विभिन्न अफरहरूले बजार रङ्गीन बनेको छ । बजारमा चाडबाडमा अफरहरू दिएर ग्राहकलाई आकर्षित गर्ने परिपाटी ज्यादै बढ्दो छ । नेपालीहरूको जीवन शैलीमा आएको परिवर्तनसँगै चाडबाडमा नयाँ लुगा मात्र होइन कि नयाँ घरदेखि गाडी, मोटरसाइकल तथा स्कुटर, घरायसी सरसामानहरूको पनि किनमेल बढेको पाइन्छ । 

मुख्यतः बजारमा चाडबाडलाई लक्षित गरेर नयाँ नयाँ सामानहरू भित्रिने भएकाले पनि यसमा ग्राहकहरू बढी आकर्षित हुनु स्वाभाविक हो । त्यसमा पनि व्यापारीहरूले दिने विभिन्न आकर्षक अफरसहितका उपहारले पनि यो समय बजारमा भीडभाड निकै बढेको छ । असोज महिना लागेसँगै बजारमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीदेखि अटोमोबाइल कम्पनी, दूरसञ्चार कम्पनी, इलेक्ट्रोनिक्स ब्रान्डहरू, बैङ्क तथा गैरबैङ्क सेवाहरू र व्यावसायिक घरानाहरूले पनि आआफ्नो अफरहरू सार्वजनिक गरि नै सकेका छन् । आउनुस् थाहा पाउनुस्, कुन कम्पनीले कस्तो अफर ल्याएको छ ।

ओप्पोको ‘बेस्ट दशैँ गिफ्ट’ अफर घोषणा

सेल्फी एक्स्पर्ट एन्ड लिडर ओप्पोले ‘बेस्ट दशैँ गिफ्ट’ क्याम्पेनको घोषणा गरेको छ । ओप्पो ब्रान्डका कुनै पनि फोनको खरिद गरी उपभोक्ताले ‘बेस्ट दशैँ गिफ्ट’ क्याम्पेनमा सहभागिता जनाई आकर्षक उपहार जित्न सक्नेछन् । फोनको खरिदमा उपभोक्तालाई लक्की ड्र कुपन उपलब्ध गराउने छ । यसको आधारमा दुईवटा लक्की ड्र (गोलाप्रथा)को आयोजना गरी विजेताहरूको छनोट गरिने कम्पनीले जानकारी दिएको छ । उपभोक्ताले पहिलो पुरस्कारका रूपमा सिङ्गापुर ट्रिप, दोस्रो ओप्पो एफनाइन, तेस्रो ३२ इञ्च एलईडी टीभी, चौँथौँ उफर र पाँचौँ पुरस्कारका रूपमा ओप्पो ब्याग जित्न सक्नेछन् । साथै, सहभागीमध्ये तीन भाग्यशाली उपभोक्ताले ओप्पो नेपाल आयडल–२ ग्रान्ड फिनालेका लागि पास पनि जित्न सक्नेछन् । 

एनसेल ‘रिचार्ज एन्ड विन’ अफर
एनसेलले चाडपर्वको अवसरमा आकर्षक ‘रिचार्ज एन्ड विन’ अफर सञ्चालन गरिरहेको छ । प्रत्येक हप्ता १० भाग्यशाली ग्राहकले जनही एक लाख जित्ने ‘रिचार्ज एन्ड विन’ १० हप्तासम्म सञ्चालनमा रहने अफर हो । भाद्र १७ गतेबाट सुरु भएको हो ।

वल्र्डलिङ्कका ‘इन्टरनेट फरर, विदेश सरर’ अफर

वल्र्डलिङ्क कम्युनिकेसन्सले यो चाडलाई लक्षित गरी ‘इन्टरनेट फरर, विदेश सरर’ नामक ग्राहक योजना ल्याएको छ । यस योजनामा वल्र्डलिङ्कको इन्टरनेट जोड्ने २३ जना भाग्यशाली जोडीहरूले पेरिस, थाइल्यान्ड, सिङ्गापुर, दुबई, बाली र मलेसियालगायतकका घुम्नलायक सहरहरूको भ्रमण गर्ने अवसर पाउनेछन् । साथै इन्टरनेट जोड्दा र नवीकरण गर्दा ग्राहकले एक वर्षको शुल्क भुक्तानी गरे ४० प्रतिशत छुटसमेत पाउनेछन् । 

सुबिसुको ‘डबल मज्जा, पैसाकम, स्पिड ज्यादा’

सुबिसु केबलनेटले सुबिसु शुभ अफर प्रस्तुत गरेको छ । जसमा क्लियर टीभी, इन्टरनेट तथा इन्टरनेट र क्लियर टीभी सेवामा फरक फरक आकर्षक अफरहरू रहेका छन् । क्लियर टीभी सेवाअन्तर्गत मात्र १५०० मा २ महिनाको प्रिमियम सेवा साथै, सेटअप बक्स र जडान सेवा प्राप्त हुनेछ । इन्टरनेट सेवाअन्तर्गत २० एमबीपीएस अनलिमिटेड इन्टरनेट १ महिनाको लागि साथै मोडेम र जडान सेवा मात्र २००० मा आउनेछ । त्यसैगरी इन्टरनेट र क्लियर टीभी सेवा अन्तर्गत मात्र ४५०० मा २ महिनाका लागि २५ एमबीपीएस अनलिमिटेड इन्टरनेट र क्लियर टीभी प्रिमियम प्याकेजसँगै मोडेम, सेटअप बक्स र जडान सेवा प्राप्त हुनेछ । 

आईएमईको ‘दशैंमा बीस लाख’

आईएमईले ‘दशैंमा बीस लाख’ योजना सार्वजनिक गरेको छ । योजना अवधिभर गरिएको ट्रान्जेक्सनलाई आईएमईको सफ्टवेयर पद्धतिमा लिङ्क गरी ‘लक्की ड्र’बाट छनोट हुने विजेताहरूमध्ये हरेक दिन १० जना भाग्यशाली सेवाग्राहीलाई ‘आईएमई पे’मार्फत एक हजारको बिल भुक्तानी, हरेक हप्ता १ जना भाग्यशाली सेवाग्राहीलाई १० हजार नगद, हरेक महिना १ जना भाग्यशाली सेवाग्राहीलाई एक लाख नगद तथा बम्परमा १ जना भाग्यशाली सेवाग्राहीलाई बीस लाख नगद प्रदान गरिने आईएमईले जनाएको छ । 

आईएमई पेको १० रूपैयाँमा हवाई यात्रा

आईएमई डिजिटलद्वारा प्रवद्र्धित ‘आईएमई पे’ले दशैंमा आफन्तसँगको भेटघाटलाई सुलभ र सहज तुल्याउन हवाई टिकट स्किम सार्वजनिक गरेको छ । उक्त स्किमअन्तर्गत बुद्ध, यती, तारा, सौर्य, श्री र सिम्रिक एयरलाइन्समा नेपालभरका विभिन्न गन्तव्यका लागि आईएमई पेबाट टिकट खरिद गर्ने यात्रुमध्ये प्रत्येक दिन छ जना भाग्यशाली विजेताले १० बाहेकको अन्य हवाई शुल्क उपहार स्वरूप ‘आईएमई पे’ वालेटमै फिर्ता पाउनेछन् । 

ई–सेवाको ‘दशैँ धमाका’ 


पेमेन्ट गेटवे कम्पनी ई–सेवा फोन पेले ‘दशैँ धमाका’ उपहार योजना सार्वजनिक गरेको छ । यस योजनामा बैङ्क अथवा नजिकैको ई–सेवा क्यास पोइन्टबाट रकम जम्मा गरी आकर्षक उपहारहरू जित्ने मौका मिल्नेछ । इसेवा वालेटमा बैङ्क तथा क्यास पोइन्टबाट १०० वा सोभन्दा बढी रकम लोड गर्ने व्यक्ति यस उपहार योजनामा सहभागी हुनेछन् । ई–सेवाको बम्पर उपहारमा एक जनाले थाइल्यान्डको दुईवटा हवाई टिकट प्राप्त गर्नेछन् । यसैगरी प्रथम उपहारका बिजेताले समिट रिभर लजमा एक जोडीलाई एक रात दुई दिनको प्याकेज प्राप्त गर्न सक्नेछन् । यसैगरी द्वितीय पुरस्कारमा दुई जनाले ई–सेवा पसलमा १० हजार बराबरको सपिङ भौचर तथा तृतीय पुरस्कारमा तीन जनाले टाइटनको घडी जित्न सक्नेछन् । 

रिचार्जरमा मोबाइल किन्दा खसी उपहार

रिचार्जरको एपमार्फत मोबाइल खरिद गर्ने ग्राहकलाई यसपालिको दशँैमा रिचार्जरले खसी उपहार दिने भएको छ । ‘दशँैको खसी घरमै बसी बसी’ योजनामा सहभागी हुनका लागि असोज १६ गते मङ्गलबारदेखि २९ गते सोमबार दिउँसो १२ बजेसम्ममा रिचार्जरको एपमार्फत मोबाइल खरिद गर्नुपर्नेछ । यसअवधिमा एपमार्फत मोबाइल खरिद गर्ने ग्राहकले ग्रोलाप्रथा मार्फत खसी उपहार पाउनेछन् ।

गोदरेजमा २० प्रतिशत क्यास ब्यक

घरायसी सामग्रीको ब्रान्डमध्ये एक गोदरेजले पनि दशैँ तिहारमा २० प्रतिशत क्यास ब्याक अफर सार्वजनिक गरेको छ । गोदरेजका सम्पूर्ण घरायसी सामग्रीहरू रेफ्रिजरेटर, वासिङ मेसिन, माइक्रोवेभ ओभन र चेस्ट फ्रिजरको खरिदमा यो अफर लागू हुनेछ । गोदरेजका एयर कन्डिसनरहरू खरिदमा फ्रि इन्स्टलेसन सेवा रहेको छ ।

टीसीएलमा २५ प्रतिशत क्यास ब्याक 

विश्वको तेस्रो ठूलो ब्रान्डको रूपमा स्थापित टीसीएलले दशैं तिहारको उपलक्ष्यमा २५ प्रतिशत क्यास ब्याक अफर दिएको छ । यो सरल क्यास ब्याक अफर हो जुन हरेक टीसीएलका टेलिभिजनको खरिदमा प्राप्त गर्न सकिनेछ । 

सेनसेई मुसलधारे क्यास बहार
सीजी इलेक्ट्रोनिक्सअन्तर्गतको सेनसेई ब्रान्डले ‘सेनसेई दशैँ तिहार, मुसलधारे क्यास बहार’ अफर सार्वजनिक गरेको छ । उक्त अफरअन्तर्गत स्मार्ट टीभी, नर्मल टीभी, चेस्ट फ्रिजर, भ्याकुम क्लिनर, वासिङ मेसिन र अडियो सिस्टमलगायतका सामग्रीको खरिदमा २० प्रतिशतसम्म क्यास ब्याक पाउनेछन् । 

चाडबाडलाई लक्षित गरी विभिन्न विश्वप्रख्यात कम्पनीहरूले पनि योजनाहरू सार्वजनिक गरिरहेका छन् ।

सुजुकीको दशैं योजना


जपानिज कम्पनी सुजुकीले पनि दशैं योजना सार्वजनिक गरेको छ । सुजुकीको आधिकारिक बिक्रेता विशाल ग्रुपअन्तर्गत भीजी अटोमोबाइलस्ले सुजुकी बाइक तथा स्कुटरको खरिदमा ८,००० र १०,००० पाउनेछन् । त्यसैगरी, बम्पर उपहारमा १० जना बाइक तथा स्कुटर खरिद गर्ने भाग्यशाली ग्राहक लक्की ड्र मार्फत जपान जान पाउनेछन्  । 

महिन्द्राको उत्सव योजना

महिन्द्रा अटोमोबाइल्स तथा ट्याक्टरहरूको आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेडले महिन्द्रा उत्सवअन्तर्गत “चाडपर्वको प्रसङ्ग, महिन्द्रा ट्याक्टर किन्दा अब परिवार दङ्ग” योजना ल्याएको छ । यस योजनामा महिन्द्रा ट्याक्टरका ग्राहकहरूले निश्चित उपहार स्वरूप ४३ इन्चको एलईडी टीभी लिन सक्नेछन् साथै स्क्र्याच कुपन लिई उक्त स्क्र्यचमार्फत् १,५०,००० नगद पुरस्कार जित्न सक्नेछन् साथै बम्पर उपहारमा लक्की ड्रमार्फत ११० सीसीको महिन्द्रा सेन्चुरो मोटरसाइकल जित्न पनि सक्नेछन् ।

त्यसैगरी, महिन्द्राकै “मूल्य कति स्क्र्याच गरी आउँछ जति” योजना पनि सार्वजनिक भएको छ । यस योजनामा हरेक महिन्द्रा टु ह्विलरको खरिद कर्ताहरूले स्क्र्याच कुपन प्राप्त गरी उक्त कुपनमा भएको रकम तिरी बाइक वा स्कुटर खरिद गर्न सक्नेछन् । यस योजनामा न्यूनतम दुई हजार ७५ सम्ममा महिन्द्राको टु ह्विलर खरिद गर्न सकिनेछ । 

शून्य ब्याज र किस्ताबन्दीमा स्मार्टफोन
ईजी मोबाइल केयरले बैङ्कका क्रेडिट कार्ड भएका ग्राहकहरूका लागि फेस्टिबल अफर ल्याएको छ । न्युरोडको ताम्राकार कम्प्लेक्सको पाँचौँ तलामा रहेको कम्पनीले “बैङ्कको क्रेडिट कार्ड देखाउनुुस्, शून्य प्रतिशत र किस्ताबन्दीमा स्मार्टफोन लैजानुस्”, नामक अफरअन्तर्गत हाल ग्लोबल आईएमई बैङ्क, सिद्धार्थ बैङ्क, नेपाल इन्भेस्टमेन्ट बैङ्क, मेगा बैङ्क, नवील बैङ्क, सेन्चुरी बैङ्क, माछापुच्छ्रे बैङ्क, प्रभु बैङ्क, कुमारी बैङ्कका क्रेडिट कार्ड प्रयोगकर्ताहरूले यसको फाइदा उठाउन सक्नेछन् ।

यो अफरअन्तर्गत सुविधा लिनका लागि ग्राहकले आफ्नो क्रेडिट कार्डमार्फत मासिक किस्ताबन्दी र शून्य ब्याजमा कुनै पनि ब्रान्डको स्मार्टफोन किन्न सक्नेछन् । 

“यसपालिको चाडमा सीजी लाग्यो घरघरमा”

इलेक्ट्रोनिक्स् ब्रान्ड सी.जी.ले “यसपालिको चाडमा, सी.जी. लाग्यो घरघरमा” नामक नयाँ उपहार योजना ल्याएको छ । यस उपहार योजनाअन्तर्गत अब ग्राहकहरूले सी.जी. ब्रान्डका विभिन्न इलेक्ट्रोनिक्स् सामानहरूको खरिदमा १० वर्षसम्मको वारेन्टी, ३६ प्रतिशतसम्मको आकर्षक बचत (क्यासब्याक) तथा अन्य विभिन्न पक्का उपहारहरू प्राप्त गर्न सक्नेछन् । साथै, हरेक हप्ता सी.जी.कै रेफ्रिजेरेटर तथा सी.जी.कै टेलिभिजन जित्नुका साथै बम्पर उपहारमा एक जोडीलाई थाइल्यान्ड घुम्ने अवसर पनि रहेको छ ।

हिमस्टारकोे ‘खुक्र्याे कि फुक्र्याे’

गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेकट्रोनिक्सले ‘खुक्र्याे कि फुक्र्यो’ योजना सार्वजनिक गरेको छ । कम्पनीले हिमस्टारका टीभी, रेफ्रिजेरेटर, डिप फ्रिज तथा वासिङ मेसिन लगायतका होम अप्लाएन्सेसको खरिदमा हातखाली नजाने योजना ल्याएको छ । ‘स्क्र्याच गरी, उपहार जिती, दङ्ग परी’ योजनाअन्तर्गत ग्राहकले कुपन स्क्र्याच गरेर हिमस्टारका राइस कुकर, इलेक्ट्रिक थर्मस, इलेक्ट्रिक किट्ली, भ्याकुम क्लिनर, उफर, मिक्स्चर, ड्राइ आइरन तथा स्टिम आइरन जित्न सक्नेछन् ।

सामसङको अफर

सामसङ इलेक्ट्रोनिक्स नेपालले स्मार्ट फोनहरूको खरिदमा आफ्ना ग्राहकहरूलाई आकर्षक क्यास ब्याक अफर ल्याएको छ । “सामसङको दशैं अफर” नाम दिइएको यो योजनामा ग्राहकहरूलाई उपहार स्वरूप क्यास ब्याक दिइएको छ । यो योजनालाई अझ बढी आकर्षक बनाउन, कुनै पनि स्मार्ट फोन खरिदकर्ता वा सामसङको ट्याबलेट खरिद गर्ने ग्राहकहरू मध्येबाट हरेक हप्ता (लगातार ४ हप्तासम्म) २ जना भाग्यशाली विजेताले सिङ्गापुर गई  स्टार क्रुजमा जलयात्रा गर्न पाउनेछन् । 
त्यसैगरी सामसङले  क्यास ब्याकसँगै “बडा दशैंको बडा बचत” योजना पनि ल्याएको छ । ग्राहकहरूले यो योजना अवधिभर सामसङका एलईडी, स्मार्ट एलइडी, यूएचडी तथा क्यूएलईडी टेलिभिजनहरूको खरिदमा ३५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । त्यसैगरी रेफ्रिजेरेटरको खरिदमा १७ प्रतिशतसम्मको छुट एवम् वासिङ मेसिनको खरिदमा १४ प्रतिशतसम्म छुट पाउनेछन् । यो योजना अवधिभर साइड बाई साइड रेफ्रिजेरेटर तथा फ्लेक्सवास वासिङ मेसिनको खरिद गर्दा उपहार स्वरूप एक थान एयर प्युरिफायर प्राप्त गर्न सकिनेछ । 

कलर्सको ‘चट्ट क्यास पट्ट लक’ योजना

कलर्स अप्लाएन्सले ‘चट्ट क्यास पट्ट लक’को ग्राहक योजना  घोषणा गरेको छ । यो योजनामा कलर्स  होम अप्लाएन्सेको खरीदमा १४ हजार ९० सम्मको नगद फिर्ता तथा एक जनाले बम्पर लक्की ड्रमा ५५ इन्चको ४के स्मार्ट टीभी जित्ने मौका पाउँनेछन् । कलर्सका उत्पादनजस्तै रेफ्रिजेरेटर, एलईडी टी.भी., चेस्टफ्रिजर, अपराइट सोकेस, वासिङ मेसिनलगायत सामान तथा अन्य थुप्रै सामानहरू बजारमा उपलब्ध छन् । 

कलर्स वल्र्डमा सामान खरिद गर्दा छुट 

त्रिपुरेश्वरको वल्र्ड द्रेड सेन्टरले ‘वेस्ट बाई अफर’ योजना ल्याएको छ । यो योजना असोज १२ देखि १४ सम्म रहनेछ । तीन दिने इभेन्टमा ग्राहकहहरूले प्रत्येक सामानको खरिदमा २० प्रतिशतसम्मको भारी छुटको साथमा आकर्षक उपहारहरू जित्नेछन् । कलर्स वल्र्ड होम घरायसी सामान खरिदका लागि प्रसिद्ध गन्तव्य हो ।

‘बर्जर पेन्ट एक्स्प्रेस’ योजना

बर्जर जेन्सन एन्ड निकल्सन (नेपाल)ले ‘बर्जर पेन्ट एक्स्प्रेस’ योजना ल्याएको छ । यस योजनाअन्तर्गत बर्जर पेन्ट्सको छानिएका ब्रान्डहरू खरिद गर्दा १०० वर्ग फिट सिल्क इलुसन डिजाइनर फिनिस निःशुल्क पाउनुका साथै प्रतियोगितामार्फत अन्य आकर्षक नगद पुरस्कारहरू जित्ने मौका मिल्नेछ । यस अफरमा सहभागी हुन चाहने ग्राहक घरधनीले घरमा रङ रोगन गर्नुअघि नै बर्जरको टोल फ्री नम्बर १६६०–०१–२३४३४ अथवा ९८०१५७१००१ मा कल गरी वा ३३३७७ मा ‘बर्जर’ टाइप गरेर एसएमएस पठाई आफ्नो नाम सूचीकृत गर्नुपर्नेछ ।

‘मन खोलौँ कोकसँग’ योजना 

‘सयौँ सम्बन्धको कयौँ भावना’ भन्ने नयाँ शीर्षक दिएर कोकाकोलाले नयाँ योजना ‘मन खोलौँ कोकसँग’ सार्वजनिक गरेको छ । कोकको बोतलमा हुने लेबललाई यो दशैँको समयमा मानवीय भावनाहरूलाई पारिवारिक सम्बन्धको नियमितताका रूपमा अङ्कित गरिएको छ । यी लेबलहरूले पर्वको झल्को दिने विषयवस्तुलाई समेटेका छन् । कोकाकोलाका यी प्याकहरूले आफ्ना प्रियजनहरूमा उत्साह तथा भावनाहरू आदान प्रदान गर्ने अवसर प्रदान गरेको कम्पनीले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप