बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मिस एण्ड मिस्टर टुरिज्म एण्ड कल्चर यूनिभर्स हुने

सोमबार, २२ असोज २०७५, ११ : ०७
सोमबार, २२ असोज २०७५

काठमाडौं – नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गर्दै प्लानेट मल्टिमिडिया ईन्टरनेशनलले अन्तर्राष्ट्रियस्तरको सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिस्टर टुरिज्म एण्ड कल्चर युनिभर्स नेपाल’ आयोजना गर्ने भएको छ ।

मिस एण्ड मिस्टर टुरिज्म एण्ड कल्चर युनिभर्स विश्वब्यापी रुपमा सञ्चालन हु“दै आएको म्यान्मारको सौन्दर्य प्रतियोगिता हो । ४० भन्दा बढी देशका प्रतियोगिहरु सहभागी हुने उक्त प्रतियोगिता नेपाल भ्रमण वर्ष–२०२० लाई लक्ष्ँित गर्दै आयोजना हुन लागेको आयोजक संस्थाका प्रमुख मोनित मर्हजनले जानकारी दिए ।

प्रतियोगिता नेपालको सबै प्रदेशको पर्यटन तथा संस्कृति झल्कने गरी देशको ९ ठुला शहरमा आयोजना हु“दैछ । प्लानेट मल्टिमिडिया ईन्टरनेशनलले आयोजना गर्ने यो प्रतियोगिताले युवालाई लक्षित गरेको छ ।

१८ वर्षदेखि २८ वर्ष उमेर समुहका महिला तथा १८ देखि ३५ वर्ष उमेर समुहका पुरुषले यो प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । प्रतियोगिताको ग्राण्ड फिनालेका विजेताले म्यानमारमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने मौका पाउनुका साथै नेपालको पर्यटन तथा संस्कृतिमा एक विशेष प्रस्तुतीकरण दिने मौका पाउने छन् । 

प्रतियोगिताको प्रदेश नम्बर ३ को पहिलो चरणको अडिसन हालै सम्पन्न भएको छ ।  पहिलो चरणको अडिसनमा अभिनेत्री सुरक्षा पन्त, कोरियोग्राफर आश्विनी झा, कोरियोग्राफर सृष्टि घिमिरे तथा व्यवसायी रजत काब्रा निर्णायक रहेका थिए ।

मिस एण्ड मिस्टर टुरिज्म एण्ड कल्चर युनिभर्स’ सौन्दर्य प्रतियोगिता मात्र नभई आफुमा भएको प्रतिभा विश्व सामु चिनाउने अवसर समेत भएको आयोजक संस्थाका मोनित महर्जनले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप