शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलमा इआईएबिनै झण्डै ३ अर्बको लगानीमा सभाहल निर्माण

सोमबार, २२ असोज २०७५, १० : ४७
सोमबार, २२ असोज २०७५

बुटवल–सामान्यतया कुनैपनि विकासे काम गर्दा या भौतिक संरचना निर्माण गर्दा वातावरणीय प्रभाव मूल्याङकन (ईआईए) अनिवार्य गर्नुपर्ने हुन्छ ।

 तर, उक्त नियमलाई छल्दै बुटवलमा झन्डै ३ अर्बको लगानीमा विशाल सभाहल तथा प्रदर्शनी केन्द्र निमार्णको काम भइरहेको छ । जसलाई अन्तरार्ष्ट्रिय सभाहलका रुपमा प्रचार समेत गरिएको छ । 

बुटवल सभाहल तथा प्रर्दशनी केन्द्र निमार्ण इकाई रुपन्देहीका  प्रमुख इन्जिनियर शेखर तामाङ्गका अनुसार सभा हलका लागि चाँडैे तेस्रो चरणको ठेक्का पनि लगाइँदैछ । पहिलो चरणको कामका लागि गत २०७१ सालमा २३ करोड ७६ लाख रुपैयाँमा ठेक्का लगाइएको  थियो । 

दोस्रो चरणका ठेक्का २०७४ साल असारमा ८० करोड रुपैयाँमा  लगाइएको थियो । तेस्रो चरणमा १ अर्र्ब ३१ कारोड रुपैयाँमा ठेक्का लगाएर काम गर्ने तयारी भइरहेको छ । 
भवन बनाउँदा केही तलाहरु अन्डरग्राउण्ड बनाइएको छ । त्यस क्रममा रुखहरु काटिएका छन् । ठुलाठुला उपकरणहरु प्रयोग गरेर निर्माणको काम भइरहेको छ । 
तर, यति ठुलो निर्माणको काम गर्दा पनि बातावरणीय प्रभाव मुल्याङ्कनको काम पुरा गरिएको छैन । 

वातावारणीय प्रभाव मूल्याकङन परामर्शदाताका रुपमा काम गरिहेको लुम्बिनी इन्भाइरोमेन्टल सर्भिसेज प्रा.लि काठमाडौंका प्रमुख तेज कुमार श्रेष्ठले प्रारम्भिक मूल्याकन गरेर प्रतिबेदन तयार पारिएको बताए । 
उने भने ‘करिव ७० प्रतिशत काम पुरा गरेका छौ, अरु छिट्टै सकेर बन मन्त्रालय पठाउँछौँ । ९ बिगा ६ कट्टा जमिनमा बन्दै गरेको भवनका लागि ६५० रुख र १ सय बिरुवाहरु काट्नपर्ने हुन्छ । फस्ट फेजमा १२५ रुखहरु काटिएको थियो । तर बिचमा रोकियोे के कारणले रोकियो भन्न सकिदैन’ आयोजनामा प्रमुख तामाङ्गले भने, ‘२०७०  सालमा मन्त्रीपरिषदबाट निणर्य गर्दा नै रुख काट्दै जाने र भवन पनि बनाउदै जाने निणर्य भएको हो त्यहि कारण प्रतिवदेन अझै नआएको हो ।’

यस्तो छ प्रतिवेदन 
हल बनाउन वातावरण प्रभाव मुल्याङक (ईआईए) प्रतिवेदनको ड्राफ्ट तयार छ । ईआईए गरेको लुम्बिनी इन्भारोमेन्टल सर्भिसेज प्रा.लिले बातावरण मुल्याङकनको प्रभाव पहिचान गरी त्यसको मुल्याङकनका आधारमा ईआईएको प्रारम्भिक प्रतिबेदन तयार गरेको हो ।  
बुटवल सभा हलको बातावरण प्रभाव मुल्याङकन बातावरण संरक्षण ऐन २०५४ को अनुसुची ३ अनुसार ईआईएको प्रतिबेदन ड्राफमा सभाहल निर्माणपूर्व र त्यसपछिको प्रभावका बारेमा मूल्याङकन गरिएको छ ।  

प्रतिवेदनमा ट्राफिक जाम, सुरक्षा, फोहोर व्यवस्थापन, ढल निकास चुनौतीको रुपमा उल्लेख छ । सभाहल निर्माण पछिको रोजगारीको सिर्जना, श्रमिकको क्षमता वृद्धि, घरजग्गाको मुल्य बृद्धि लगायतका केही विषय फाईदाका रुपमा प्रतिबेदनमा औल्याइएको छ । परामर्शदाता लुम्बिनी ईन्भाइरोमेन्टल सर्भिसेज प्रा.लि काठमाडौंका प्रमुख तेज कुमार श्रेष्ठले प्रारम्भिक मुल्याकन गरेर प्रतिबेदन तयार पारिएको बताए । ‘हामीले जेठ महिनाबाट काम थालनी गरेर केही ड्राफ बनायौ, अब स्थानीयको राय सल्लाहसुझाव लिएपछि यसलाई अन्तिम रुप दिनेछौ’ श्रेष्ठले रातोपाटीलाई बताए । 

उनले ५ हेक्टर भन्दा बढि बनक्षेत्रका रुख कटान गर्नुेपरे, १० हजार मिटर क्षेत्रफलमा फाउण्डेशन निर्माण गर्नुपरे र एकहजार मानिस आवाजजावत हुने क्षेत्रमा अनिवार्य ईआईए गर्नुपर्ने नियम रहेको बताए । 
‘बुटवलको वडा नं. १० मा सभाहल र प्रदर्शनी बन्ने भएपनि यसको असर वडा नं. १० सम्म हुनसक्छ,  ट्राफिक जाम, ध्वनी अथवा अन्य कुनैपनि असर पर्न सक्छ’ श्रेष्ठले भने, ‘त्यसको न्युनिकरण र बैकल्पिक उपाय बारेमा पनि स्थानीयसँग छलफल गर्छौ ।’ 

आयोजनाले सभाहल निर्माण गर्दा काट्नुपर्ने ५ सय २५ रुखहरुको सटट बृक्षारोपण गर्न उपयुक्त स्थानको खोजी गरिरहेको छ । एउटा रुख काटेवापत २५ वटा रुख रोप्ने बताइएको छ ।

बुटवल सभाहल तथा प्रदर्शनीस्थल आयोजनाका योजना प्रमुख शिखर लामा तामाङले विकास गर्दा केही समस्या आउनसक्ने भएपनि कम गर्दै वैकल्पिक उपायबाट अघि बढ्नुपर्ने बताए । 

२०७१ साल माघ १५ गते निर्माण कम्पनी रविना समानन्तर चन्द्रसूर्य जे.वी कम्पनीले बुटवल सभा हलको ठेक्का सम्झौता गरी काम थालेको हो । साढे २३ करोडको लागतमा पहिलो फेजको काम अहिले भइरहेको छ । 
 

चन्द्र सूर्यको आकारमा सभाहल बन्ने 
पहिलो चरणमा एउटा ११ सय १४ जना अटाउने मुख्य सम्मेलन हल निर्माण गरिनेछ ।  त्यसैगरी ५०÷५० र एसय अटाउने अन्य ४ वटा हल गरेर जम्मा ५ वटा विभिन्न प्रयोजनका हल निर्माण हुनेछन् । दोस्रो चरणमा ८० करोडको लागतमा निर्माण हुने चन्द्रमा आकारको सभाहल निर्माण गर्ने जिम्मा आशिस निर्माण सेवाले पाएको छ । त्यसपछि तेस्रो फेजमा बुटवल इक्जुवेशन सेन्टर निर्माण हुनेछ ।  खासगरी नेपालको राष्ट्रिय झन्डा जस्तै चन्द्रसुर्य आकारको  सभा हल निमार्ण हुने लामाले बताए । जसमा ५ सय सवारीसाधन पार्किङ्ग  गर्न मिल्ने, साउन्ड सिस्टम भित्रै रहने, गार्डेन, क्वाटररुम र आकासको पानी व्यवसिथत गर्न पोखरी निर्माण गरी पुन जमिनमा पठाउने व्यवस्था मिलाइने छ । 

प्रदेशका लागि गौरव होः उपाध्यक्ष श्रेष्ठ 
अन्र्तराष्ट्रियस्तरको सभा हल निमार्णको संज्ञा दिएको निर्माणधिन सभाहल तथा प्रर्दशनी केन्द्रलाई प्रदेश सरकारले प्रदेशको गौरवका रुपमा लिएको पाँच नम्बर प्रदेशको आयोग उपाध्यक्ष डा.प्रकाश श्रेष्ठले बताए ।
उनले भने, ‘बुटवलमा बन्दै गरेको प्रदर्शनी तथा हल सवैका लागि  खुसीको बिषय हो । अव ठुला कार्यक्रमका लागि समस्या बेहोर्न नपर्ने अवस्था निकै जरुरी थियो । यसमा प्रदेश सरकारको लगानी छैन । तर आवस्यक परेमा यस्ता परियोजनाहरुमा हामीले  विभिन्न रुपमा सघाउन सक्छौँ ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप