मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

आर्सनल र चेल्सीको गोल वर्षा, सिटी र लिभरपुल बराबर

सोमबार, २२ असोज २०७५, १० : ०२
सोमबार, २२ असोज २०७५

एजेन्सी । लिभरपुल र म्यानेस्टर सिटीबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । 

साबिक विजेता म्यानचेस्टर सिटीले पछिल्लो १५ वर्षमा एनफिल्डमा कुनै पनि खेल जित्न सकेको छैन ।

आइतबारको खेलमा रियाद महारेजले उत्कृष्ट मौका गुमाउँदा सिटी फेरि एकपटक जीतविहीन बन्न बाध्य बन्यो ।

भिर्जिल भान डाइकले लेरोय सानेलाई लडाएपछि खेलको ८५ औँ मिनेटमा सिटीले पेनाल्टी पाएको थियो । तर, पेनाल्टीलाई महारेजले बारमाथि हिर्काए ।

योसँगै दुवै टोलीले लिगमा आपराजित यात्रालाई आठ खेल पुर्याएका छन् । बराबरीपछि सिटी र लिभरपुलको समान अंक रहे पनि गोल अन्तरको आधारमा सिटी शीर्ष स्थानमा रहेको छ भने लिभरपुल तेस्रो ।

उता, साउथह्याम्पटनलाई पराजित गर्दै चेल्सी लिगको दोस्रो स्थानमा उक्लेको छ ।

रोस बार्कलेको उत्कृष्ट प्रदर्शनको मद्दतले चेल्सीले ३–० को जीत हासिल गर्यो ।

बार्कलेको पासमा एडिन हजार्डले चेल्सीलाई अग्रता दिलाए भने दोस्रो हाफमा बार्कलेले चेल्सीको अग्रता दोब्बर बनाए ।

योसँगै सन् २०१३ को डिसेम्बरमा फ्रांक लाम्पार्डपछि चेल्सीका लागि एउटै खेलमा गोल तथा एसिस्ट गर्ने बार्कले पहिलो इंग्लिस खेलाडी बने ।

इन्जुरी समयमा अल्भारो मोराटाले अर्को गोल थपे ।

उता, आर्सनले फुलह्याममाथि गोलको वर्षा गरेको छ ।

आइतबार भएको खेलमा आर्सनल ५–१ ले विजयी बन्यो ।

आर्सनलका लागि अलेक्सान्डर लाकाजेट र पिएरे एमरिक आयुबामेयाङले २–२ गोल गरे भने आरोन रामशेले एक गोल गरे ।

फुलह्यामका लागि एकमात्र गोल आन्द्रे सर्लेले गरे ।

जीत्सँगै आसर्नल टोटनहमलाई उछिन्दै लिगको चौँथो स्थानमा उक्लेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप