आर्सनल र चेल्सीको गोल वर्षा, सिटी र लिभरपुल बराबर
एजेन्सी । लिभरपुल र म्यानेस्टर सिटीबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।
साबिक विजेता म्यानचेस्टर सिटीले पछिल्लो १५ वर्षमा एनफिल्डमा कुनै पनि खेल जित्न सकेको छैन ।
आइतबारको खेलमा रियाद महारेजले उत्कृष्ट मौका गुमाउँदा सिटी फेरि एकपटक जीतविहीन बन्न बाध्य बन्यो ।
भिर्जिल भान डाइकले लेरोय सानेलाई लडाएपछि खेलको ८५ औँ मिनेटमा सिटीले पेनाल्टी पाएको थियो । तर, पेनाल्टीलाई महारेजले बारमाथि हिर्काए ।
योसँगै दुवै टोलीले लिगमा आपराजित यात्रालाई आठ खेल पुर्याएका छन् । बराबरीपछि सिटी र लिभरपुलको समान अंक रहे पनि गोल अन्तरको आधारमा सिटी शीर्ष स्थानमा रहेको छ भने लिभरपुल तेस्रो ।
उता, साउथह्याम्पटनलाई पराजित गर्दै चेल्सी लिगको दोस्रो स्थानमा उक्लेको छ ।

रोस बार्कलेको उत्कृष्ट प्रदर्शनको मद्दतले चेल्सीले ३–० को जीत हासिल गर्यो ।
बार्कलेको पासमा एडिन हजार्डले चेल्सीलाई अग्रता दिलाए भने दोस्रो हाफमा बार्कलेले चेल्सीको अग्रता दोब्बर बनाए ।
योसँगै सन् २०१३ को डिसेम्बरमा फ्रांक लाम्पार्डपछि चेल्सीका लागि एउटै खेलमा गोल तथा एसिस्ट गर्ने बार्कले पहिलो इंग्लिस खेलाडी बने ।
इन्जुरी समयमा अल्भारो मोराटाले अर्को गोल थपे ।
उता, आर्सनले फुलह्याममाथि गोलको वर्षा गरेको छ ।

आइतबार भएको खेलमा आर्सनल ५–१ ले विजयी बन्यो ।
आर्सनलका लागि अलेक्सान्डर लाकाजेट र पिएरे एमरिक आयुबामेयाङले २–२ गोल गरे भने आरोन रामशेले एक गोल गरे ।
फुलह्यामका लागि एकमात्र गोल आन्द्रे सर्लेले गरे ।
जीत्सँगै आसर्नल टोटनहमलाई उछिन्दै लिगको चौँथो स्थानमा उक्लेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ अर्ब ८७ करोडको बजेट ल्याउँदै जितपुर सिमरा उपमहानगर
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
-
मेस्सीको कीर्तिमानपछि अब नजर रोनाल्डोमा
-
लुम्बिनी प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण