शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मेस्सीको गोलका बावजुद बार्सिलोना रोकियो, सेभिया शीर्ष स्थानमा

सोमबार, २२ असोज २०७५, ०९ : ३२
सोमबार, २२ असोज २०७५

एजेन्सी । लियोनेल मेस्सीको उत्कृष्ट गोलका बावजुद बार्सिलोना भ्यालेन्सियासँग १–१ को बराबरीमा रोकिएको छ ।

योसँगै बार्सिलोना लिगमा चार खेलमा जीतबिहीन बनेको छ । गत महिना रियल सोसिडाडलाई हराए यता बार्सिलोनाले एक खेल पनि जित्न सकेको छैन ।

जेरार्ड पिकेको गल्तीमा एजेक्वेल गरायले गोल गर्दै भ्यालेन्सियालाई खेलको दोस्रो मिनेटमा नै अग्रता दिलाएका थिए ।

तर, मेस्सीले खेलको २३ औँ मिनेटमा २० यार्ड टाढाबाट गोल गर्दै खेल बराबरी गरे ।

त्यसपछि कुनै गोल हुन सकेन र खेल बराबरी सकियो ।

खेलमा बार्सिलोनाले ७५ प्रतिशत नियन्त्रण राखेपनि विपक्षीको पोष्टमा मात्र पाँच प्रहार गर्न सक्यो ।

यसको फाइदा उठाउँदै सेभियाले १० खेलाडीमा सिमित सेल्टा भिगोलाई २–१ ले हराउँदै शीर्ष स्थानमा कब्जा जमायो ।

सेभियाले लगातार चौँथो जीत हो ।

उता, एथ्लेटिको म्याड्रिडले रियल बेटिसलाई १–० ले हराउँदै लिगको तेस्रो स्थानमा उक्लेको छ ।

आइतबार भएको अन्य खेलमा एस्पानियोलले भिल्लेरियाललाई ३–१ ले हराउँदै लिगको पाँचौ स्थानमा उक्लियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप