बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बङ्गलादेशसँग पराजित हुँदै नेपाल दोस्रो स्थानमा

आइतबार, २१ असोज २०७५, २१ : ५६
आइतबार, २१ असोज २०७५

काठमाडौँ- साफ अठार वर्षमुनि महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि बङ्गलादेशले हात पारेको छ । 
भुटानको थिम्पुस्थित चाङलिमिथाङ रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा नेपाल बङ्गलादेशसँग १–० गोलअन्तरले पराजित भएपछि बङ्गलादेशले उपाधि माथि कब्जा जमाएको हो । 
बङ्गलादेशका लागि मसुरा पर्विनले गोल गरिन् । उनले खेलको ४९औँ मिनेटमा गरेको एक गोल नै बङ्गलादेशको लागि निर्णायक सावित भयो । समूह ‘बी’ मा रहेको नेपाल बङ्गलादेशसँग समूह चरणको खेलमा २–१ गोलअन्तरले पराजित भएको थियो । त्यस्तै सेमिफाइनलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ३–१ गोलन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप