शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लुम्बिनी शान्ति म्याराथन बोधगया जाँदै

आइतबार, २१ असोज २०७५, १९ : ४५
आइतबार, २१ असोज २०७५

काठमाडौं । लुम्बिनीमा वार्षिक रुपमा आयोजना भइराखेको लुम्बिनी शान्ति म्याराथन सन् २०२० मा भगवान बुद्धले बुद्धत्व प्राप्त गरेको स्थल बोधगया जाँदैछ । बोधगयामा यो म्याराथन ’बोधगया एनलाइटेनमेन्ट म्याराथन’ को रुपमा सेप्टेम्बर महिनाको पूर्णिमाको दिन आयोजना हुनेछ ।

लुम्बिनी शान्ति म्याराथनका परिकल्पनाकर बिक्रम पाँडेकाजीले गत साता भारतको नयाँदिल्लीमा आयोजित ’ग्लोबल रिलिजियस टुरिजम डाइलग’ मा सम्बोधन गर्ने क्रममा उक्त म्याराथनको घोषणा गरेका थिए । “लुम्बिनी शान्ति म्याराथनको तीन संस्करण सफलतापूर्वक संचालन हुँदै गर्दा यो शान्ति म्याराथन बोधगया प्रवेश गर्न लागेको हो ।

ईसा पूर्व तेस्रो शताब्दिमा राजकुमार सिद्धार्थ गौतमले आफ्नो दरबारको राजकीय जीवन परित्याग गरेर मुक्तिको खोजिमा बोधगया गएकै झल्को आउने गरि ’भगवान बुद्धको पाइला पछ्याउंदै’ संदेश दिन यो म्याराथन आयोजना गर्न लागिएको हो,“ पाँडेकाजीले बताए ।

“बोधगयाले बुद्धत्वको जन्म गरायो भने, लुम्बिनीमा  आधात्मिक खेलको जन्म भएको, जसबाट लुम्बिनी शान्ति म्याराथनले बोधगयामा आध्यात्मिक खेलको प्रवेश गराउन लागेको हो ।“

कार्यक्रममा बोल्दै भारतीय पर्यटनमन्त्रि अल्फोन्स कन्नाथानम् ले बोधगया म्याराथन मार्फत बोधगयालाइ लुम्बिनीसंग जोड्ने अवधारणाबाट आफु प्रभावित भएको बताए । हामि तपाईंसंग यो प्रोजेक्टमा काम गर्न इच्छुक छौं, भन्दै पाँडेकाजीलाइ आफ्नो प्रतिबद्धता जनाए । 

म्याराथनमा दुइ विधा रहनेछन् –४२.१९५ किलोमिटरको ओलम्पिक स्तरको फुल म्याराथन र २१ किलोमिटरको हाफ म्याराथन । बोधगयामा आयोजना गरिन लागेको पहिलो आध्यात्मिक खेल गतिबिधि भएको हुँदा भारत लगायत विश्वको बिभिन्न देशका धावकहरु सहभागी हुने हामीले बिश्वास लिएका छौं, लुम्बिनी शान्ति म्याराथनका प्रवक्ता दिपक राइले बताए ।        

म्याराथन ट्रेलले बोधगयाका बौद्ध सम्पदास्थल जस्तै ८२ फिटको बुद्ध मुर्ति, माहाकाला गुफा, सेनानी गाउँ, सुजाता मन्दिर, माहाबोधि स्तुप लगायतलाइ समेट्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप