बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चाबहिल प्लाजामा सुरु भयो दशैं कार्निभल, २५ प्रतिशतसम्म छुट अफर

आइतबार, २१ असोज २०७५, १९ : ३४
आइतबार, २१ असोज २०७५

काठमाडौं । काठमाडौंको चाबहिलमा रहेको अत्याधुनिक सपिङ सेन्टर चाबहिल प्लाजाले दशँै कार्निभल योजना संचालनमा ल्याएको छ । विजयादशमी तथा दिपावलीको अवसर पारेर प्लाजाले आर्कषक छुट र उपहार सहित दशैं कार्निभल योजना संचालनमा ल्याएको हो । 

असोज २० गतेदेखि सुरु भएको दशैं कार्निभल योजना अन्तर्गत चाहबिल प्लाजामा एक हजार रुपैयाँ भन्दा माथिको सामान खरिद गर्ने ग्राहकहरुले दैनिक तथा साप्तिाहिक रुपमा उपहार जित्न सक्नेछन् । बम्पर उपहारमा रनरको एक सय सिसिको रनर चिताह बाईक एक जनाले जित्न सक्नेछन् ।

ग्राहकलाई २५ प्रतिशतसम्म छुटको व्यवस्था समेत रहेको प्लाजाले जनाएको छ । चाबहिल प्लाजामा रहेका पसलहरुबाट एक हजार रुपैयाँ सम्मको खरिदमा ग्राहकले साप्ताहिक रुपमा लक्की ड्र मार्फत उपहार वितरण गरिने प्लाजाले जनाएको छ ।  

उपहार योजनामा सहभागीहरुले साप्ताहिक रुपमा टिभी, रेफ्रिजिरेटर, वाशिङ मेसिन तथा सपिङ भौचर समेत जित्न सक्नेछन् । कार्निभल योजना कात्तिक २० गतेसम्म संचालन छ । उक्त अवधिभर दैनिक रुपमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि संचालन हुने प्लाजाले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप