शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कैलालीमा निर्धन उत्थान लघुवित्तले दियो ब्यवसायिक कुखुरापालन तालिम

आइतबार, २१ असोज २०७५, १९ : २७
आइतबार, २१ असोज २०७५

काठमाण्डौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले कैलाली जिल्लाको जोशीपुरमा “ब्यवसायिक कुखुरापालन तालिम” सम्पन्न गरेको छ । एक परिवारमा एक जना उद्यमी बनाउने पहल स्वरुप तालिम सम्पन्न गरेको संस्थाले बताएको छ । 

भाद्र मसान्तसम्ममा ३ लाख २० हजार घरपरिवारहरुमा सेवा विस्तार गरिसकेको संस्थाले २०७५ भाद्रसम्ममा लगानीमा रहेको कर्जा १५ अरब ४९ करोड रहेको छ भने ग्राहक सदस्यहरुका ८ अरब ७० करोड बचत परिचालन गरेको छ ।

कुखुरापालन गरी रहेका संस्थाका ग्राहक सदस्यहरुलाई थप ज्ञान, सीप प्रदान गर्न यस तालिममा सहभागी गराईएको संस्थाका जोशीपुर शाखाका प्रमुख चापागाईले जानकारी दिए ।

कार्यक्रम समापन सत्रमा सहभागी झन्खु लाल चौधरीले तालिमको मूल्याकंनको क्रममा यस ३ दिने तालिमबाट आफूलाई आवश्यक पर्ने कुराहरुका सिक्नुका साथै ब्यवसाय गर्न प्रेरणा मिलेको र सिकेको कुराहरुलाई आफ्नो जीवनभर लागू गरी स्वरोजगार बन्ने र आफ्नो छिमेकमा अरुलाई पनि सिकाउने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

सहभागी गिता डगौराले तालिमले आफूमा नयाँ जोश र जाँगर पलाएको र अब श्रीमानको भरमा मात्र नरही लिएको तालिमलाई पूर्ण सदुपयोग गर्दै स्वरोजगार रही आफ्ना छरछिमेकका दिदीबहिनीहरुलाई समेत ब्यवसाय संचालन गर्न जागरुक बनाउने भन्दै आगामी दिनमा पनि यस्ता तालिमहरुको अपेक्षा राख्दैसंस्थालाई धन्यवाद दिएकी थिइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप