शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

ओपोको ‘बेष्ट दशैँ गिफ्ट’ अफर घोषणा

आइतबार, २१ असोज २०७५, १८ : ५६
आइतबार, २१ असोज २०७५

काठमाडौं । सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले नेपाली महान चाड वडा दशैँ र तिहार लक्षित ‘बेष्ट दशैँ गिफ्ट’ क्याम्पेनको घोषणा गरेको छ ।

ओपो ब्राण्डका कुनैपनि फोनको खरिद गरी उपभोक्ताले ‘बेष्ट दशैँ गिफ्ट’ क्याम्पेनमा सहभागिता जनाइ आकर्षक उपहार जित्न सक्छन् । उपभोक्तालाई फोनको खरिदमा एक थान ‘लक्कि ड्र’ कुपन उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार यसरी प्रदान गरिएका कुपनको अर्धकट्टी संकलन गरी दूई पटक गोलाप्रथाको आयोजना गर्ने र छनोटमा परेका भाग्यशाली विजेतालाई आकर्षक उपहार प्रदान गरिने छ । 

ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘ग्लोबल कम्पनीका रुपमा ओपोले सधैँ नै स्थानियकरणमा विश्वास गर्दै आइरहेको छ । स्थानिय महान चाड वडा दशैँ र तिहार आदर्णिय उपभोक्तासंग खुशी साट्दै मनाउने सोचका साथ हामीले ‘बेष्ट दशैँ गिफ्ट’ क्याम्पेनको घोषणा गरेका छौँ ।’

क्याम्पेन अवधिभर ओपो मोबाइल खरिद गरी उपभोक्ता यस उपहार योजनामा सहभागीता जनाउन सक्छन् । फोनको खरिदमा उपभोक्तालाई लक्कि ड्र कुपन उपलब्ध गराइने छ । यसको आधारमा दूई ओटा लक्कि ड्र (गोलाप्रथा)को आयोजना गरी विजेताहरुको छनोट गरिने कम्पनीले जानकारी दिएको छ ।

पहिलो गोलाप्रथा नोवेम्बर ५मा आयोजना गरिने छ भने दोस्रोको आयोजना डिसेम्बर ५मा हुने कम्पनीले जानकारी दिएको छ । क्याम्पेन अन्तर्गत उपभोक्ताले पहिलो पुरस्कारका रुपमा सिंगापुर ट्रिप, दोस्रो ओपो एफनाइन, तेस्रो ३२ ईञ्च एलइडी टीभी, चौँथौँ वुफर र पाँचौँ पुरस्कारका रुपमा ओपो ब्याग जित्न सक्नेछन् ।

साथै, सहभागी मध्य तीन भाग्यशाली उपभोक्ताले ओपो नेपाल आयडल –२ ग्राण्ड फिनालेका लागि पासपनि जित्न सक्नेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप