आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

साउदी अधिकारीद्वारा टर्की पुगेर पत्रकारको हत्या ! महावाणिज्य दूतावासबाहिर प्रेमिका थिइन् पर्खाइमा

आइतबार, २१ असोज २०७५, १७ : ३३
आइतबार, २१ असोज २०७५

एजेन्सी । टर्कीका अधिकारीहरुले चार दिनदेखि हराइरहेका साउदी पत्रकार जमल खशोग्गी इस्तानवुलमा रहेको साउदी महावाणिज्य दुतावासमा मारिएको दाबी गरेका छन् । उनलाई दूतावासको प्राङ्गणमा मारेर शव घिसारेर लगेको टर्कीका अधिकारीहरुले बताएका छन् । 

खशोग्गीको हत्या पहिले योजना बनाएर गरिएको अधिकारीहरुले विश्वास गरेका छन् । 

पत्रकार हराएपछि चार दिनसम्म मौन रहेको टर्कीले अहिले आएर आइतबार आफ्नो दावीलाई समर्थन गर्ने प्रमाणहरु प्रस्तुत गर्ने बताएको छ । उनीहरुले जमल महावाणिज्यदुतावास प्रवेश गरे लगत्तै मारिएको बताएका छन् । यसको प्रमाण आफूहरुले आइतबार सार्वजनिक गर्ने उनीहरुले वाचा गरेका छन् । 

रोयर्टससँगको कुरामा दुई टर्कीस अधिकारीले ५९ वर्षे खशोग्गीको हत्या भइसकेको दावी गरे । यसलाई अन्य कयैन अधिकारीहरुले पनि पुष्टि गरेका छन् । केहीले आफूलाई शव कसरी व्यवस्थापन गरियो भन्ने कुराको समेत जानकारी भएको बताए । 

अधिकारीलेहरुले खशोग्गीको हत्या गर्न कै लागि १५ जनाको साउदी समुह मंगलबार टर्की आएको र लगत्तै साउदी अरब फर्किएको विश्वास व्यक्त गरे । 

आईतबार राष्ट्रपति रिसेप तईप एर्दोगानले घटनासम्बद्धमा एक वक्तव्य जारी गर्ने अनुमान गरिएको छ । टर्कीको यस आरोपपछि अहिले घटनासम्बद्ध ध्यान साउदी अरब र विशेष मोहम्मद बीन सलमानमाथि तेर्सिएको छ । समालनले शुक्रबार मात्र खशोग्गी कहाँ छन् भनेर आफूलाई थाहा नभएको बताएका थिए । 

“मैले थाहा पाएसम्म उनी महावाणिज्य दुतावास प्रवेश गरे र केही मिनेट वा एक घण्टामा बाहिरिए,” युवराज मोहम्मदले ब्लुम्बर्गको पत्रकारलाई भने, “घटनाको थप अध्ययनको लागि हामी टर्किस अधिकारीहरुलाई उक्त स्थानमा आएर खोजतलासी गर्न दिन पनि तयार छौं । सो स्थान सार्वभौम भूभाग हो तर हामी उनीहरुलाई प्रवेश गर्न दिन्छौं र अनुसन्धानमा आवश्यक जे सुकै गर्न दिन्छौं । ” 
खशोग्गी यसअघिका राजासँग नजिक थिए तर एक वर्ष अघि राजाले आफ्नो छोरा मोहम्मदलाई युवराज घोषणा गरेसँगै उनी अधिराज्य छाडेर भागेका थिए । 

खशोग्गीले वासिन्टन पोष्टमा नियमित स्तम्भ लेख्थे र उनले महावाणिज्य दुतावासमा सम्बन्ध विच्छेदको कागजमा हस्ताक्षर गर्नु अघि साउदी अधिकारीहरुबाट सुरक्षाको प्रत्याभुति मागेका थिए । 

उनी भित्र जाँदा सम्बन्ध विच्छेद पछि विवाह गर्ने निश्चित भएको उनको टर्कीस प्रेमिका महावाणिज्य दूतावासको बाहिर पर्खिरहेकी थिइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप