बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काभ्रेमा एकै  परिवारका चार जना मृत फेला,सामूहिक अात्महत्याको अाशंका

शुक्रबार, ०६ साउन २०७४, २३ : ३१
शुक्रबार, ०६ साउन २०७४

काभ्रे -काभ्रेको बनेपा बसपार्कको एक होटलमा     एकै परिवारका चार जना मृत भेटिएका छन् । बस पार्कमा हाेटल (गौतम भोजनालय) संचालन  आएका ३२ वर्षिय राजाराम दाहालसहित  उनका ६५ वर्षिय बाबू हरिभक्त दाहाल आमा हरिमाया दाहाल र २५ वर्षिय बहिनी रञ्जना दाहाल शुक्रबार मृत अवस्था फेला परेका हुन ।


 प्रहरीको नियमित गस्तिका क्रममा हाेटलकाे सटर बन्द रहेको तर सटरका लतको  भागबाट फुटेको सिसा निस्केको देखेपछि प्रहरीले सटरकाे लक खोलि हेर्दा  चार जान मृत भेटिएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । 


प्रहरिका अनुसार घटनास्थलमा सेलफस विषकाे भाडाे भेट्टिएकाे छ । घटनास्थलमा जिल्ला प्रहरी प्रमुख सहकुलबहादुर थापा लगायतको टाेलिले अनुसन्धान गरिरहेकाे छ ।

विगत २ वर्ष भन्दा पहिले देखि दाहाल परिवारले बस पार्कमा गाैतम भाेजनालय सञ्चालन गर्दै आएका थिए । दाहाल परिवार बनेपा–२ टुकुचा नाला निवासी हुन् । 
  वहिनिकाे विवाहकाे विषयले उग्र रुपलिदा  घटना घटेकाे हुन सक्ने  बताईन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दिनेश घिमिरे
दिनेश घिमिरे
लेखकबाट थप