दाजुभाइ झगडा भए दशैंले मिलाइदिन्छ : प्रधानमन्त्री ओली
काठमाडौं– प्रधानमन्त्री तथा नेपाल प्रज्ञा प्रतिष्ठानका संरक्षक केपी शर्मा ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानमा कुलपति र एकजना सदस्य नियुक्ति गरेका छन् । प्रधानमन्त्री ओलीले डा.गंगाप्रसाद उप्रेतीलाई आगामी चार बर्षका लागि प्रतिष्ठानको कुलपतिमा र सदस्यमा जगतप्रसाद उपाध्यायलाई नियुक्त गरेका हुन् । उप्रेती यसअघि पनि सोही पदमा कार्यरत थिए ।
नवनियुक्त कुलपति डा.उप्रेतीले आइतबारै सिंहदरबारमा पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । सदस्य उपाध्यायलाई पनि कुलपति उप्रेतीले आइतबारै पद तथा गोपनियताको सपथ गराएका छन् ।
सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिष्ठानले समाजलाई साहित्य र साँस्कृतिक हिसाबले उजिल्याउने काम गर्नुपर्ने बताए ।
‘साहित्यिक अभियान, राजनीति, शासन सञ्चालन, उत्पादन र बोलिचालीका अनेक ढाँचालाई व्यवस्थित गर्ने काम प्रतिष्ठानको हो’ प्रधानमन्त्री ओलीले भने । नेपालको सामाजिक मूल्यमान्यता विश्वमा नै अनुपम रहेको भन्दै उनले नेपालमा जस्तो सामुहिक परिवार विश्वमा कतै पनि नभएको बताए ।
प्रधानमन्त्री ओलीले नेपालका साँस्कृतिक पर्वहरुले सामाजिक सम्बन्धलाई पनि मजबुद बनाउने काम गरेको भन्दै सामाजिक र पारिवारिक रुपमा कहिले कुनै प्रकारले द्वन्द्व, झगडा भइहाले चाडपर्वले त्यसलाई पुनस्थापित गरिदिने बताए ।
‘दिदी भाइबीच झगडा भए तिजले मिलाइदिन्छ । दाजुभाइबीच झगडा भए दशैंले मिलाइदिन्छ । दाजु बहिनीबीच झगडा भए तिहारले मिलाइदिन्छ’ प्रधानमन्त्री ओलीले भने, ‘हाम्रा सामाजिक पर्वहरुले सम्बन्धलाई पुनरमर्मत गर्ने काम गरेका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विश्व शान्तिका लागि प्रत्येक देशमा शान्ति हुनु जरुरी छ’
-
लुम्बिनीको समग्र विकासका लागि प्रचार प्रसारमा जोड दिनुपर्छ : मुख्यमन्त्री आचार्य
-
मधेशकेन्द्रित दलहरूका मोर्चा नै मोर्चा, त्रास कि आवश्यकता ?
-
‘महाभोज’ अब जेठ ३० गते रिलिज हुने
-
जिल्लाको सीमा विवाद समाधान गर्न कार्यदल गठन
-
भैरव अर्यालले सोधे, ‘कथा/कविता लेख्ने गरेको छ कि छैन ?’